Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जी ट्वान्टी फाइभ क्लवद्वारा बुटवलमा ११ औँ रक्तदान , ९१ युनिट संकलन

जी ट्वान्टी फाइभ क्लवद्वारा बुटवलमा ११ औँ रक्तदान , ९१ युनिट संकलन

  • 5.2K
    SHARES

  • जी ट्वान्टी फाइभ क्लवद्वारा बुटवलमा ११ औँ रक्तदान , ९१ युनिट संकलन

    बुटवल,साउन २८ ।

    जी ट्वान्टी फाइभ क्लव बुटवल-११ रुपन्देहीले ११ औँ रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै गरिएको रक्तदान कार्यक्रममा ९१ युनिट रगत संकलन भएको छ ।

    भारि बर्षाका बिचमा पनि आज देवीनगर चौपारीमा रक्तदान गरिएको र कार्यक्रम सफल भएको कार्यक्रम संयोजक बिमल पौडेलले बताउनुभयो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा न ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले क्लवे निकै प्रशंसायोग्य सामाजिक काम गरिरहेको बताउनुभयो । उहाँले समाजमा क्लवहरूले सधै योगदान दिनुपर्ने बताउनुभयो । g25 club (1).jpeg

    क्लवका अध्यक्ष जगदिश न्यौपानेले क्लवले विभिन्न रचनात्मक काम गरिरहेको बताउनुभयो ।  उहाँले गरिब, विपन्न र असहायहरुको लागि शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने, विपद् व्यवस्थापन, वातावरण, कला र संस्कृतिको संरक्षणमा समेत सघाउने लक्ष्य राखेको बताउनुभयो ।g25 club (4).jpeg

    क्लवका संस्थापक ,निवर्तमान,सल्लाहकार ,मार्गदर्शक,पदाधिकारी ,सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रमको संचालन महासचिव किशोर पंगेनीले गर्नुभएको थियो ।g25 club (5).jpegg25 club (2).jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology