Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रथम युथ च्याम्पियनसीपमा रुपन्देहीका खेलाडीले जिते ५ वटा पदक

प्रथम युथ च्याम्पियनसीपमा रुपन्देहीका खेलाडीले जिते ५ वटा पदक

  • 1.4K
    SHARES

  • प्रथम युथ च्याम्पियनसीपमा रुपन्देहीका खेलाडीले जिते ५ वटा पदक

    बुटवल,साउन २७ ।

    १० औं राष्ट्रिय रेफ्री,कोच सेमिनार तथा प्रथम युथ च्याम्पियनसिपमा नेपाल गोजु–रियो कराँते डो संघ रूपन्देही ब्लड हाइलाइट शाखाका ४ जना खेलाडीले प्रथम र तृतीय गरि ५ वटा पदक जित्न सफल भएका छन् ।

    नेपाल कराँते महासंघद्वारा यहि साउन २२ गते काठमाडौं सातदोबाटो,ललितपुरमा आयोजित प्रतियोगितामा विभिन्न पदक जित्न सफल भएको नेपाल गोजु–रियो कराँते डो संघ रूपन्देहीका अध्यक्ष अनुपम जंग क्षेत्रीले बताए ।  च्याम्पियनसिपमा कुल ८सय भन्दा धेरै प्रतिस्पर्धीहरूका विच भएको थियो । 

     नेपाल गोजुरियो कराँते डो संघ, रूपन्देही अन्तर्गत बेलवास कराँते एकेडमी र सैनामैना कराँते एकेडमीका खेलाडीहरुले पदकहरु चुमेका हुन् । १० बर्षमुनीको ३० केजीतर्फ कुमिते र एकल कातातर्फ अंकिता थापाले क्रमश स्वर्णपदक र कास्यपदक हात पारेकी छन्। ‍

    यसैगरी १२ बर्षमुनीको ३५ केजीतर्फको कुमिते जेनिसा शिरिसले स्वर्णपदक, १० बर्षमुनीको एकल काता तर्प ओन्स श्रेष्ठले कांस्यपदक र १४ बर्षमुनीको कुमितेतर्फ दिया गौडेलले कास्यपदक हात पारे ।  

    यस च्याम्पियनसिपबाट प्रथम हुने २ जना खेलाडी अंकिता थापा र जेनिसा शिरिस चीनको साउगुनमा  हुन गहिरहेको २३ औं एसियाली, क्याडेट, जुनियर र यू २१ कराते च्याम्पियनसिपमा छनोट  भएको रूपन्देही शाखाका सचिव तथा बेलवास कराँते एकेडमीका प्रमुख प्रशिक्षक मनिष पाण्डेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण २७ २०८२०५:२९:४०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology