Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरको आयोजनामा संचालित एसी फ्रिज मर्मत तथा भिडियोग्राफी तालिम समापन

बुटवल उपमहानगरको आयोजनामा संचालित एसी फ्रिज मर्मत तथा भिडियोग्राफी तालिम समापन

  • 1.1K
    SHARES

  • बुटवल उपमहानगरको आयोजनामा संचालित एसी फ्रिज मर्मत तथा भिडियोग्राफी तालिम समापन

    बुटवल,साउन २७ ।

    बुटवल उपमहानगरपालिकाद्धारा संचालित एसी फ्रिज मर्मत तथा भिडियोग्राफी तालिमको समापन गरिएको छ ।

    बुटवल उप महानगरपालिकाको सभाहलमा सोमबार एक कार्यक्रमका बिच तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो ।  मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत संचालन गरिएको एसी फ्रिज मर्मतमा २५ जना र अडियो,भिडियोग्राफी मा ३० जना गरि ५५ जना युवाहरु  तालिममा सहभागीले प्रमाणपत्र प्राप्त गरेका हुन ।  

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले युवाहरुलाई सिपसंग जोड्दै स्थानीयस्तरमै रोजगारसंग सृजना गर्ने उद्धेश्यले मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम राखिएको बताउनुभयो ।

    यस कार्यक्रम अन्र्तगत २० वटा विषयहरु छनोट गरि संचालन गरिएकोमा एसी मर्मत र भिडियोग्राफी तालिम अहिलेको आवश्यकता र प्राथमिकतामा परेको तालिम भएको नगरप्रमुख पाण्डेले बताउनुभयो । उहांले सिकेको सिपलाई रोजगारसंग जोडन र आफ्नो दक्षता बृद्धि गर्न सहभागीलाई आग्रह गर्दै  उपमहानगरपालिकाको तर्फबाट पनि रोजगारका लागि थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले अहिलेको परिवेशमा युवाहरु विदेशिने क्रमलाई रोक्दै स्वदेशमै रोगार र व्यवसायसंग जोड्नका लागि बुटवल उपमहानगरपालिकाले युवा लक्षित गरेर लगानी गरेको बताउनुभयो । बुटवलको लगानीलाई खेर जान नदिन सहभागीलाई आग्रह गर्दै इमान्दारीकासाथ सिपलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

    बुटवल उपमहानगरपालिकाको आयोजना तथा जयन टेक्निकल कलेज बुटवलको संयोजनमा संचालित एसी फ्रिज मर्मत तालिक ४५ दिन र हवाइटी बुटवलको संयोजनमा संचालित अडियो भिडियोग्राफी तालिम ३० दिन सम्म संचालन गरिएको बुटवल उपमहानगरपालिका कार्यालय रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिनुभयो । 

    एसी फ्रिज मर्मत तालिमको सहजीकरण प्रशिक्षक ठाकुर प्रसाद राना र शुमित श्रेष्ठले गर्नुभएको थियो । यस्तै अडियो भिडियोग्राफी तालिमको प्रशिक्षक द्धय अर्जुन अर्याल र अनिल काउचाले सहजीकरण गर्नुभएको थियो ।

    तालिममा सहभागीहरुले सिप खोजिरहेकोबेला बुटवल उपमहानगरपालिकाले महत्पूर्ण तालिमको आयोजना गरि सहभागी गराई आधारभुत तालिम प्रदान गरेकोमा आभार व्यक्त गर्दै एडभान्स तालिमको समेत माग गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology