Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका उद्योगी ब्यवसायीलाई विद्युतीय बजारीकरण तालिम

बुटवलका उद्योगी ब्यवसायीलाई विद्युतीय बजारीकरण तालिम

  • 1.8K
    SHARES

  • बुटवलका उद्योगी ब्यवसायीलाई विद्युतीय बजारीकरण तालिम

    बुटवल,साउन २७ ।

    बुटवलका उद्योगी ब्यवसायीलाई विद्युतीय बजारीकरण (डिजिटल मार्केटिङ) सम्बन्धि तालिम प्रदान गरिएको छ । 
    बुटवल उद्योग वाणिज्य संघले परम्परागत व्यवसाय सञ्चालन गरिरहेका र विद्युतीय बजारीकरणमा जान चाहेका व्यवसायीलाई तालिम प्रदान गरेको हो ।

    तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयको विकासक्रमसंगै व्यापार व्यवसायलाई समयसापेक्ष रुपमा लैजान आवश्यक देखिएको र त्यसको प्रवद्र्धनका लागि तालिम प्रदान गरिएको बताउनु भयो ।

    उहाँले सूचना प्रविधिमा आधारित यो तालिम नितान्त प्राविधिक भएकाले तालिममा सिकेका कुरालाई व्यवहारिक कार्यान्वयनमा जोड दिनुभयो ।

    तालिममा नेपाल फिलिलि टेक प्रा.लि. काठमाण्डौका संस्थापक प्रमुख कार्यकारी अधिकृत जेसिस कोइरालाले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता (एआई)को प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक पक्षहरुका बारेमा जानकारी गराउनु भएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो । उहाँका अनुसार तालिममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा बस्तुगत समितिका सभापति, उपसभापति लगायत करिव ७० जनाको सहभागिता रहेको थियो ।

    त्यसै अवसरमा उहाँले अनलाईन विजनेश, अनलाईन विजनेशका आधारहरु, कृतिम बुद्धिमता लगायतका विषयमा इच्छुक उद्योगी व्यवसायीलाई निल्शुल्क अनलाईन तालिम प्रदान गरिने जानकारी गराउनुभयो ।

    कार्यक्रममा सहभागी तथा प्रशिक्षक लगायतलाई धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले संघले उद्योगी व्यवसायीका लागि विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology