Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही-३  उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

रुपन्देही-३  उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

  • 1.4K
    SHARES

  • रुपन्देही-३  उपनिर्वाचन : उम्मेदवार बन्न एमालेबाट ४ जनाको आकांक्षा

    बुटवल,साउन २४।

    रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चार जनाले उम्मेदवार बन्न आकाङ्क्षा देखाएका छन् ।

    शनिबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकाङ्क्षा देखाएका हुन् । बैठकमा पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशी पौडेल,सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रूपमा आकांक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

    एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरूले उम्मेदवार बन्न हालसम्म कसैले आकाङ्क्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जिल्ला अध्यक्ष यज्ञ गैर बताए । सांसद दीपक बाेहाेराकाे निधन भएपछि रुपन्देही ३ मा उपनिर्वाचन हुन लागेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology