Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको प्रष्टीकरण : नेकपाको मुलधार हामी हौं,पार्टी फुटेको नभइ केही मान्छे बाहिरिएका हुन् ’

ओलीको प्रष्टीकरण : नेकपाको मुलधार हामी हौं,पार्टी फुटेको नभइ केही मान्छे बाहिरिएका हुन् ’

  • 2.6K
    SHARES

  • ओलीको  प्रष्टीकरण : नेकपाको  मुलधार हामी हौं,पार्टी फुटेको नभइ केही मान्छे बाहिरिएका हुन् ’

    बुटवल,माघ १७- 

    नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। उनले नेकपाबाट केही मान्छे बाहिरएको मात्र टिप्पणी गरे।

    शनिबार चितवनमा नेकपाले आयोजना गरेको आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक नपर्ने बताए।

    जीवन शर्माको गीत स्मरण गर्दै ओलीले पिलो निचोर्दैमा शरीरको तौल नघट्ने दोहोर्‍याए। ‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो। पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।

    ओलीले पार्टीभित्र शुद्धिकरण आवश्यक रहेको पनि बताए। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्षित गर्दै पार्टीभित्रबाट निस्केर गएको टिप्पणी गरे।

    ‘नेकपा एकढिक्का छ। नेकपाको सबै धारको नेतृत्वकर्ता हामी हौं। मुलधार हामी हौं’, उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। हामीले निचोरको पनि होइन, आफैं निचोरिएर गए।’

    प्रचण्डले धनगढीबाट भने-‘बुटवल,विराटनगर र धनगढीको सभाले ओलीलाई फुच्चे सावित गरिदियाे’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology