बुटवल,साउन २० ।
कक्षा १२ काे नतिजामा बुटवल स्थित नवीन औद्योगिक कदर बहादुर रिता माविबाट उत्कृष्ट अंक सहित ५६५ विद्यार्थी उतीर्ण भएका छन् ।
विज्ञान समूहका राजु यादव र व्यवस्थापन समूहका माधव खनालले ३.९४ अंक सहित विद्यार्थी उतीर्ण भएका हुन् । विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले उतीर्ण विद्यार्थीलाई बधाई दिएका छन् ।
उनका अनुसार जिपिए वर्गीकरणअनुसार ३.६१–४.०० समूहमा २५ जना, ३.२१–३.६० मा १४०, २.८१–३.२० मा २५१जना, २.४१–२.८० मा १४६ र २.०१–२.४० समूहमा ३ जना विद्यार्थी रहेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)