Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली नेतृत्वको सरकारले नैतिकता गुमायो : डा.डिला संग्रौला

ओली नेतृत्वको सरकारले नैतिकता गुमायो : डा.डिला संग्रौला

  • 3.2K
    SHARES

  • ओली नेतृत्वको सरकारले नैतिकता गुमायो : डा.डिला संग्रौला

    बुटवल,माघ १७-

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले ओली नेतृत्वको सरकारले नैतिकता गुमाएको बताएकी छन् । उनले जनमतको चीरहरण गर्ने सरकार असफल भएको बताइन्  ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा गरेको साक्षत्कार कार्यक्रम ट्माठ बोल्दै  संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन ।

    ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ ,स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले भनिन् । संविधान, कानून तथा विधि कुनै कुरा मान्दिन भन्नु सर्वसत्तावाद भएको स्मरण गर्दै कम्युनिष्टहरु पतनको स्थितिमा गइसकेको बताइन् । लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा रहेको उनको भनाई छ ।

    उनले पाँच बर्षका लागि स्थापित जनताको थलोलाई समय अगावै लहडका आधारमा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दावी गरिन ।

    न्यायपालिकामा भएको बहसलाई ‘वाइयात’ भन्न, फरक मतलाई होच्चाउने कार्यपालिका प्रमुखको नैतिकता नरहेको उनले बताइन् । 
    लोकतान्त्रिक पार्टी निर्वाचनबाट भाग्न नसक्ने भन्दै उनले निर्वाचन विधिसंगत हुनुपर्ने बताइन् ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology