Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वाणिज्य क्याम्पसले पायो तेस्रो पटक क्यूएए मान्यता

लुम्बिनी वाणिज्य क्याम्पसले पायो तेस्रो पटक क्यूएए मान्यता

  • 6.0K
    SHARES

  • लुम्बिनी वाणिज्य क्याम्पसले पायो तेस्रो पटक क्यूएए मान्यता

    बुटवल,साउन १६ ।

    नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ । 

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रमका बिच विश्वविद्यालय अनुदान आयोग, नेपालको कार्यालय भक्तपुरमा क्याम्पसलाई उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।
    कार्यक्रमका वक्ताहरुले लुम्बिनी वाणिज्य क्याम्पस नेपालको इतिहासमा तेस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गर्ने पहिलो क्याम्पस भएकोमा बधाई ज्ञापन गर्नुभएको थियो। 

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसको तेस्रो चरणको क्यूएए प्रदान गर्नका लागि अन्तिम चरणको मुल्यांकन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोली मिति २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरुसङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।
    विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरुसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदमा बुझाएको थियो । 

    विश्वविद्यालय अनुदान आयोग नेपालबाट शुक्रबार प्रमाणपत्र प्राप्त  गरेपछि खुशी साट्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसको यो उपलब्धी विद्यार्थी, कर्मचारी, प्राध्यापक, अभिभावक, क्याम्पस सभा, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी सबैको सहयोगले प्राप्त भएको बताउनुभयो । यस्तै क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले गुणस्तरको अन्तिम विन्दु नहुने भएकाले गुणस्तर अभिवृद्धिमा क्याम्पस निरन्तर अगाडी बढिरहेको बताउनुभयो । विश्वविद्यालय अनुदान आयोग नेपालबाट प्राप्त विभिन्न सुझावहरुलाइ कार्यान्वयन गर्दै आज लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो पटक क्यूएए पाउने नेपालकै पहिलो शैक्षिक संस्था बनेको उहाँले बताउनुभयो ।
    प्रमाणपत्र ग्रहण गर्नका लागि लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी सहितको ३५ जनाको टोलि भक्तपुर प्रस्थान गरेको थियो। 

    विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक वि.सं. २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले वि.सं. २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने वि.सं. २०७५ र वि.सं. २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको क्याम्पस वि.सं. २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित समेत भएको थियो ।

    गुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पसले पटकपटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो समेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरु सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरु, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology