Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मणि उजेशद्वारा लायन्स लिडरमा भावी नेतृत्व कार्यक्रम सम्पन्न 

मणि उजेशद्वारा लायन्स लिडरमा भावी नेतृत्व कार्यक्रम सम्पन्न 

  • 6.0K
    SHARES

  • मणि उजेशद्वारा लायन्स लिडरमा भावी नेतृत्व कार्यक्रम सम्पन्न 

    झविन्द्र देवकोटा /बुटवल, २३ भदौ ।

    लायन्स क्लव अफ बुटवल मणि उजेशले आफ्ना लायन सदस्यहरुकालागि चरणबद्ध रुपमा नेतृत्व तथा ब्यक्तित्व विकास कार्यक्रमहरु गरेको छ ।

    लायन्स क्लवमा आवद्ध रहेका सदस्यहरुलाई विश्वमा महामारीका रुपमा रहेको कोरोना ९कोभिड–१९० का कारण भएको लकडाउन बन्दाबन्दीको समयको सदुपयोग गर्दै मणि उजेशले चरणबद्ध रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।

    क्लवका अध्यक्ष सोनाली गुरुङ्गका अनुसार क्लवले लायन्स लिडरका लागि भावी नेतृत्व सम्वन्धि अन्तरसंवाद र महिला सदस्यका लागि महिला क्षमताअभिवृद्धि कार्यक्रम गरेको हो । कार्यक्रममा भविष्यमा नेतृत्व लिला सदस्यले खेल्नु पर्ने भुमिका र कुशल नेतृत्वका गुण र जुक्तिका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।

    चरणबद्ध रुपमा भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा झण्डै एक सय २० जनाको सहभागिता रहेको क्लवका सचिव शान्ता शर्माले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथी रहनु भएका लायन्स क्लव ईन्टरनेशनल ३२५ बी २ का डिष्ट्रिक गर्भरन शम्भु नकर्मीले लायन्स सदस्यहरुको क्षमता अभिवृद्धि तथा उनीहरुको नेतृत्व विकासका लागि मणि उजेशले गरेको कार्य सर्हानीय रहेको बताउनुभयो ।

    कार्यक्रममा पाष्ट डिष्ट्रिक गर्भनर सुनिल वझा, एरिया चिफ सन्दिप कसौधन, क्लवका पुर्व अध्यक्ष सृष्टि गुरुङ्ग, डिष्ट्रिक जिएमटी कोर्डिनेटर सुनिता श्रेष्ठ, सर्भिस कमिटि चियरप्रशन रोजीना ज्ञवाली लगायतले महिला पुरुष दुबैमा नेतृत्व विकास तथा क्षमता विकासका तालिम र अवसरहरु बरावर आवश्यक पर्ने भएकाले कुशल नेतृत्वका लागि पहिला दक्ष हुन आवश्यक रहेको बताउनुभयो ।

    महिला क्षमता तथा नेतृत्व विकासका लागि गरिएको सहजिकरण अजिता पराजुलीले गर्नु भएको थियो । यसैबीच क्लवले गुल्मीका रक्त क्यान्सर पीडित मनोज गिरीलाई आर्थिक सहयोग गरेको छ । क्लवका अध्यक्ष सोनाली गुरुङ्गले रक्त क्यान्सर पीडित गिरीलाई नगद ४० हजार रुपैया सहयोग गर्नु भएको हो । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै क्लवले आर्थिक सहयोग गरेको गुरुङ्गले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology