Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्ने माथि कडा निगरानी

सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्ने माथि कडा निगरानी

  • 693
    SHARES

  • सिद्धार्थनगरमा जथाभावी फोहोर फाल्ने माथि कडा निगरानी

    भैरहवा,साउन १३।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको जथाभावी फोहोर फाल्ने माथि कडा निगरानी गरिरहेको छ ।सरसफाई तथा फोहोर उठाउन नियमित रुपमा ट्याक्टरहरु घर घरमा पुर्याउदाँ समेत सार्वजनिक स्थान, सडक किनार जस्ता क्षेत्रमा फोहोर फाल्ने क्रम नरोकीए पछि नगरपालिकाले निगरानि बढाएको हो ।

    नगरपालिकाले फोहोरको प्रकृती हेरेर जथाभावि फोहोर फाल्नेलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ ९क० अनुसार ५० हजारसम्म जरिवाना तिराउन सक्ने वयवस्था छ । सोही बमोजिम पछिल्लो दुई महिनामा नगरपालिकाले जथाभावि फोहोर फाल्ने पसल तथा वयक्तीहरुको भिडीयो र फोहो संकलन गरी १८ जनालाई कार्वाही गरेको नगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख यादव सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले नगरपालिकाले पाँच हजार देखी १५ हजारसम्म जरिवाना तिराएको छ ।

    पटक पटक सम्झाउदाँ  अटेर गर्ने र लुकिछिपी नियमीतरुपमा जथाभावि फोहोर फाल्नेको पहिचान गरी कार्वाही अगाडी बढाईएको छ । त्यसकोलागी बढी फोहोर फालीने स्थानहरुको पहिचान गरी बिहान साझँ नगरप्रहरी परिचालन गरीएको प्रशासन महाशाखा प्रमुख देव ज्ञवालिले जानकारी दिए ।

    उनका अनुसार जथाभावि फोहोर फाल्ने र सडक छेउछाउमा लगाईएको फुल टिप्ने, रुख विरुवाहरुको हागाँ भाच्नेहरु माथि समेत निगरानी बढाईएको छ । सिद्धार्थनगर नगरपालिका नगर प्रमुख एवं सविधानसभा सदस्य इश्तियाक अहमद खाँले नगर सुनदरीकरण गर्ने, हरियाली बनाउने कुरा एउटा मात्र निकायले गरेर सम्भव नहुने हुदाँ सवैले सहयोग गर्नुपर्ने बताए । उनले सिद्धार्थनगर गौतमबुद्धको प्रवेसद्धार समेत रहेकाले यस नगरलाई क्लिन, ग्रिन र वातावरण मैत्री बनाउने अभियानमा आफु लागेको र त्यसमा सवैले सहयोग गर्नुपर्ने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology