बुटवल,साउन १२ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षा क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
सोमबार बुटवलको नवीन औद्योगिक माविका विद्यार्थीहरूसँग सामाजिक मन्त्री कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री तिमिल्सिनाले शिक्षालाई सुधार गर्नको लागि राजनीतिबाट टाढा राख्नुपर्ने बताए ।
उनले शिक्षा सुधार नगर्दासम्म समाज सुधार नहुने भन्दै शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । 
उनले प्रदेश सरकारले लुम्बिनीलाई शिक्षा हबको रूपमा विकास गर्नको लागि विभिन्न कार्यक्रम ल्याएको उल्लेख गर्दे शैक्षिक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले सामुदायिक विद्यालय तथा सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको आत्म निर्भरताको अभिवृद्धि गरी उद्यमशीलताको विकासका लागि पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत १ करोड ९० लाख बजेट विनियोजित गरिएको बताए ।
आजको कार्यक्रम प्रभावकारि भएको प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)