Logo बिहिवार, आश्विन १ गते २०८३
images

ब्रेन ट्युमरको उपचारमा रहेका ढाई बर्षे बालक अर्षितलाई किवानिज क्लवद्वारा एक लाख सहयोग

ब्रेन ट्युमरको उपचारमा रहेका ढाई बर्षे बालक अर्षितलाई किवानिज क्लवद्वारा एक लाख सहयोग

  • 993
    SHARES

  • ब्रेन ट्युमरको उपचारमा रहेका ढाई बर्षे बालक अर्षितलाई किवानिज क्लवद्वारा एक लाख सहयोग

    नारायण पाण्डे /बुटवल,साउन १० ।

    बालवालिकाको हक हितमा काम गर्ने सस्था किवानिज क्लब अफ रुपन्देही लुम्बिनीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    क्लवले बिगत डेढ बर्ष देखि भारतको मेदान्त हस्पिटलमा ब्रेन ट्युमरको उपचारमा रहेका तिलोत्तमा ७ भलवारी बस्दै आएकासाढे २ बर्षिय बालक अर्षित सुवेदीलाई उपचारार्थ रु एक लाख सहयोग गरेको हो ।

    किवानिज क्लबले एक कार्यक्रमका बिच सो सहयोग प्रदान गरेको हो।  बिरामी बालकको यहि साउन १४ अर्थात जुलाइ ३० को दिन अप्रेसन रहेको परिवारले जनाएको छ ।

    २८ जना सदस्य भएको क्लबले आफुहरुले नै रकम संकलन गरि सहयोग गरेको निबर्तमान अध्यक्ष मनोज आचार्यले बताउनुभयो । सो अबसरमा बोल्दै बर्ष २०२५-२६ का अध्यक्ष गोबिन्द भुसालले  हरेक बर्ष १८ बर्ष मुलिका बालबालिका हरुलाइ सहयोग गरिरहेको र हक हितमा पहल गरिरहेको बताउनुभयो  ।  

    रकम हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष मनोज आचार्य ,सस्थापक अध्यक्ष दिपेस साही,बर्ष २०२५-२६ का सचिब रोमनाथ गैरे ,पुर्ब अध्यक्ष तथा प्रदेश न ५ को लेफ्टिनेन्ट गभर्नर अमन मान श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रम सम्योजक अर्जुन पराजुलीले नागरिक अलाइनलाइ जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण १० २०८२०७:१६:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology