Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलका दूई व्यापारी विरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर,४ करोड ८३ लाख बिगो दाबि

बुटवलका दूई व्यापारी विरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर,४ करोड ८३ लाख बिगो दाबि

  • 1.8K
    SHARES

  • बुटवलका दूई व्यापारी विरुद्ध कर छलीको अभियोगमा मुद्दा दायर,४ करोड ८३ लाख बिगो दाबि

    बुटवल,साउन ९ ।

    राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरी विरुद्ध कर छलीको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ।

    राजस्व अनुसन्धान कार्यालय, बुटवलले ४ करोड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो।
    रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका प्रोप्राइटर अग्रहरी र कारोबारी पशुपति अग्रहरीले वास्तविक कारोबारको बिल जारी नगरी माल वस्तु बिक्री गर्नुका साथै भन्सार चोरी पैठारी गरेका माल वस्तुको कारोबार गरी मूल्य अभिवृद्धि कर, भन्सार महसुल र आयकर छली गरेको अभियोगमा उल्लेख गरेको छ ।
     विभागका अनुसार उनीहरूले भन्सार चोरी पैठारीबाट रु। ९५ लाख ८३ हजार ७५५, मूल्य अभिवृद्धि कर तर्फ रु। ९९ लाख ८९ हजार ९८४ र आयकर तर्फ रु। २ करोड ८७ लाख ५२ हजार १४७ गरी जम्मा रु। ४ करोड ८३ लाख २५ हजार ८८६ बराबरको राजस्व छली गरेको देखिएको छ।

    राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम उनीहरूमाथि छली गरिएको रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, श्रावण ९ २०८२०९:००:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology