Logo मंगलवार, श्रावण १२ गते २०८३
images

त्रिवेणीकाे जल सिद्धबाबा मन्दिर लगेर अर्पण

त्रिवेणीकाे जल सिद्धबाबा मन्दिर लगेर अर्पण

  • 1.2K
    SHARES

  • त्रिवेणीकाे जल सिद्धबाबा मन्दिर लगेर अर्पण

    बुटवल,साउन ८ ।

    नवलपरासीको त्रिवेणीदेखि पाल्पाको सिद्धबाबा मन्दिरसम्म जल बाेकेर यात्रा गरिएकाे छ । श्रावण महिनाको विशेष अवसर पारेर बुटवलको प्रसिद्ध धार्मिक स्थल सिद्धबाबा मन्दिरमा विशेष जलार्पण कार्यक्रम सम्पन्न गरिएको छ।

    त्रिबेणीधाम पुगेर संकलन गरिएको पवित्र जललाई बिहानै श्रद्धालुहरूको सहभागितामा धार्मिक विधिअनुसार सिद्धबाबामा अर्पण गरिएको हो। कार्यक्रममा ३२० जना श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ।

    श्रद्धालुहरू बिहान सबेरै त्रिबेणीधाम पुगेर पवित्र जल संकलन गरी, बैदिक परम्पराअनुसार मन्दिरमा जलार्पण गरेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा तिनाउ गाउँपालिका–३ का वडाध्यक्ष चित्र थापा, पूर्व वडाध्यक्ष प्रेम पाण्डे, साथै स्थानीय महिला समूह, युवा क्लब, र लायन्स क्लब अफ बुटवल सयपत्रीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    सिद्धबाबा मन्दिर समितिका अध्यक्ष सन्तोष शेरचनका अनुसार, आमा औँसीको अवसरमा वैकुण्ठवासी पितृहरूको सम्झनामा सिदादान तथा दीप प्रज्वलन समेत गरिएको थियो।

    साउन महिनाभर सिद्धबाबा मन्दिरमा विशेष पूजाआजा, जलार्पण तथा धार्मिक अनुष्ठानहरू निरन्तर हुने परम्परा अनुसार आजको कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको समितिले जानकारी दिएको छ ।

    विशेषगरी सोमबार र साउन महिनाभर मन्दिरमा भक्तजनहरूको उल्लेखनीय भिड लाग्ने गर्दछ। धार्मिक पर्यटन प्रवर्द्धनमा समेत यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।

     

    dhurba saran.jpgbolbum.jpgtri.jpg

    tribeni.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology