Logo बिहिवार, आश्विन १ गते २०८३
images

राममणि क्याम्पसमा अभिमुखीकरण

राममणि क्याम्पसमा अभिमुखीकरण

  • 1.8K
    SHARES

  • राममणि क्याम्पसमा अभिमुखीकरण

    मणिग्राम,साउन ५ ।

    रूपन्देहीको मणिग्रामस्थित राममणि क्याम्पसमा दश जोड दुई तहका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम आज (सोमबार) सम्पन्न भएको छ ।

    कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीलाई विभिन्न प्राध्यापक तथा विज्ञहरूले पाठ्यवस्तुको अभिमुखीकरण सहित प्रशिक्षण दिनुभएको थियो ।

    सो अवसरमा प्रमुख अतिथि धु्रवकुमार धिताल, कन्हैयालाल कसौधन, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, अरूणकुमार केवट लगायतले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत सहित लगनशील बन्न सुझाव दिनुभयो ।

    rammani  (1).jpeg

    रामचन्द्र पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा मुक्तिनाथ गैह्रे र गणेश पराजुलीले विस्तृत प्रस्तुति सहित अभिमुखीकरण प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य, अभिनय तथा कलाप्रस्तुति सहित  २०३ जना  नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology