बुटवल,साउन २ ।
बुटवल देवीनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस इकाई समितिले क्याम्पसको सर्बाङ्गिण बिकासका लागि क्याम्पस प्रशासन समक्ष राखेका माग लामो समयदेखि पुरा गर्न क्याम्पस प्रशासनले लापरवाहि र आनाकानि गरेपछि नेबिसंघ आन्दोलित भएको नेविसंघ इकाइ सभापति सिद्धार्थ श्रेष्ठले बताए ।
समानान्तर प्रतिस्पर्धी शैक्षिक संस्थामा सेयर लगानी गरेका व्यक्ति क्याम्पसको अति गोप्य शाखामा राखेर काम गराउनु विश्व बिध्यालयको कानुनको बर्खिलाफ भएको उनीहरूको ठहर छ ।
प्रश्न पत्र तयार गर्ने, उत्तरपुस्तिका जाच गर्ने र नतिजा प्रकाशन गर्ने जस्तो बिध्यार्थीको भबिष्य जोडिएको सम्वेदनशिल ठाउमा बस्ने ब्यक्ति निजि कलेजको सन्चालक बन्न पाउदैन भन्ने कानुनमा स्पष्ट छ तसर्थ त्यस्ता व्यक्तिलाई हटाउन बिध्यार्थीको माग भएपनि क्याम्पस प्रमुखले लामो समय देखि बिध्यार्थीको माग र कानुनलाई मिचेको नेविसंघको आरोप छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)