बुटवल,साउन ४ ।
साउन महिनाको प्रत्येक सोमबार शिवजीको पूजा गर्ने परम्परालाई विशेष मानिने गरिन्छ । पाल्पा दोभानमा रहेको सिद्धबाबा मन्दिरमा चलिरहेको श्रावणी मेलाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउँदै आएको छ।
मन्दिरका अध्यक्ष सन्तोष शेरचनसहितको १२० जनाको टोलिले स्याङ्जा उत्तरबाहिनी मालुङ्गा पुगेर कालीगण्डकी नदीको जल ल्याएर सिद्धबाबा मन्दिरमा जलार्पण गरेको छ ।
२ दिन लगाएर कांवर तथा कलशमा जल ल्याएर मन्दिरमा पुजाअर्चना गरिएको अध्यक्ष सन्तोष शेरचनले बताउनुभयो ।यस्तै साउन ८ गते त्रिवेणीबाट जल ल्याउने कार्यक्रम छ ।यसअघि साउन महिनाको विशेष अवसर पारेर सिद्धबाबा मन्दिर विकास समितिको आयोजनामा सिद्धसरोवरबाट विधिपूर्वक जल संकल्प गरेर भक्तजनहरू सिद्धबाबा मन्दिरमा जलार्पण गरेका थिए ।
विशेषतः साउन महिनाको सोमबार, नागपञ्चमी, जनै पूर्णिमा लगायतका दिनहरूमा हजारौँ श्रद्धालुहरूले दर्शन गन भएकाले यहाँको धार्मिक, आर्थिक र सामाजिक गतिशीलता बढाउने काम भएको अध्यक्ष सन्तोष शेरचनले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)