Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय लिन्छ :अध्यक्ष केपी ओली

विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय लिन्छ :अध्यक्ष केपी ओली

  • 669
    SHARES

  • विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय लिन्छ :अध्यक्ष केपी ओली

    काठमाडौँ, साउन २ ।

    नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान निर्माण गर्ने काममा पार्टीको नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनु भएको छ ।

    ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज भएको पार्टीको पोलिटव्युरो  बैठकमा उहाँले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधान बारेमा रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिनुभएको हो । 

    यस्तै, बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शङ्कर पोखरेलको पार्टीको सङ्गठनात्मक क्षेत्र बलियो बन्दै गइरहेको बताउनु भएको छ । उहाँले पार्टी संगठित सदस्य  १५ प्रतिशतले बढेको जानकारी दिनुभयो । 

    पूर्व राष्ट्रपति भण्डारीको सदस्यताबारे छलफल हुन्छ :

    नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा पार्टीले छलफल गरेर निर्णय गर्ने बताउनुभएको छ ।

    पार्टीको पोलिटव्यूरो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा फर्कनु हुन्न भन्ने विश्वासका साथ उहाँलाई दोस्रो पटक राषट्रपति बनाइएको बताउनुभयो । भण्डारीको सदस्यता हालसम्म नवीकरण नभएको अध्यक्ष ओलीले बैठकमा जानकारी गराउनुभएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्न आवश्यक रहेको बताउनुभयो । 

    प्रधानमन्त्री ओलीले  राष्ट्रपति सक्रिय राजनीतिमा आउने कुरा आफूले  सञ्चारमाध्यमबाट जानकारी पाएको बताउनुभयो । दोश्रो पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक ब्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिएको हो, अध्यक्ष ओलीले बैठकमा भन्नुभएको नेताहरुको भनाइ छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology