Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘साइकल चलाऔं,स्वास्थ्य र पर्यावरण जोगाऔं’ भन्दै मणिमुकुन्द बुटवल कोरा हुँदै

‘साइकल चलाऔं,स्वास्थ्य र पर्यावरण जोगाऔं’ भन्दै मणिमुकुन्द बुटवल कोरा हुँदै

  • 1.0K
    SHARES

  • ‘साइकल चलाऔं,स्वास्थ्य र पर्यावरण जोगाऔं’ भन्दै मणिमुकुन्द बुटवल कोरा हुँदै

    बुटवल,साउन १ ।

    बुटवलमा मणिमुकुन्द बुटवल कोरा २०२५ हुने भएको छ। बुटवल युनाइटेड क्लवको अगुवाइमा भ्रातृत्व विकास र पर्यावरण संरक्षणको लागि भन्दै साउन ३ गते साइक्लिङ हुनेछ ।

    बुटवल मणिमुकुन्द कलेजबाट सुरूभइ बुटवल हुदै पश्चिम नरेनापुर मन्दिर, देवदह चरंगे हुदै पुनः मणिमुकुन्द कलेजसम्मको ५० किलोमिटरको दूरी तय गरिएको छ । साइक्लिङ संघ केन्द्रिय उपाध्यक्ष स्वस्तिक श्रेष्ठले कोरा पर्यटन र पर्यावरणमैत्री खेल भएकोले सबैलाई सहभागी हुन आग्रह गरे।

    बुटवलमा पछिल्ला केही वर्षयता साइकल चलाऔं, स्वास्थ्य र पर्यावरण जोगाऔं भन्ने नारासहित कोरा गर्दै आएकोले यसलाई निरन्तरता दिँदै जानुपर्ने श्रेष्ठले बताए। मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले साइकल चलाउनु समय, स्वास्थ्य र धन सबैको लागि लाभदायक र किफायती रहेको बताए।

    कार्यक्रममा विश्व साइकल यात्री अजित बरालसहित करिब एकसय जनाको सहभागिता रहने छ । १०-१५ किलोमिटरको यात्राका लागि इन्धनबाट चल्ने सवारी साधनको प्रयोग गर्नुभन्दा साइकलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने संयोजक दिपक कार्कीको भनाइ छ। कार्यक्रममा राजु तिवारी लगायतले बाेलेका थिए।

    कुनै पनि पवित्र उद्देश्यका साथ स्थानीय स्तरमा रहेका धार्मिक पर्यटकीय स्थलहरूको दाहिने पारेर गोलाकार रूपमा साइकलमा एक फन्को लगाउने कार्यलाई कोरा साइक्लिङ भनिन्छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology