बर्दीबास, असार ३१ ।
आर्थिक वर्षको अन्त्यमा पनि शैक्षिक अनुदान निकाशा नभएपछि गौशाला नगरपालिकाका ३१ सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सामुहिक राजीनामा दिनुभएको छ ।
प्रधानाध्यपकहरुले मङ्गलबार नगरपालिका प्रशासन शाखामा राजीनामा बुझाउनुभएको हो । सामुहिक राजिनामाको खवरले नगरपालिकाको शैक्षिक एवं राजनीतिक बृत तरंगित पारेको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्वोधन गरि लेखिएको साूुहिक राजीनामा पत्रमा चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्पुस्तक, बाल शिक्षाका प्रति विद्यार्थी अनुदान, नगर शिक्षक, नगर अनुदान, सशर्त, पूँजिगत तथा शैक्षिक अनुदान लगाएत शीर्षकमा पटक पटक अनुरोध ताकेता गर्दा पनि निकासा नभएको उल्लेख छ ।
केही शीर्षकमा भने नरपालिकाले अति न्यून निकासा पठाएकोले शैक्षिक कृयाकलाप संचालन गर्न कठिन भएको हुँदा साूुहिक राजीनामा दिन बाध्य भएको जनाइएको छ ।
राजीनामा पत्रमा भनिएको छ, ‘नगरपालिकाबाट उक्त शीर्षकअन्र्तगतको रकम निकाशा नगरी दिएको अवस्था ९खर्च अभाव० बाट शैक्षिक गतिविधि प्रभावित हुने भएकोले साउन १ गतेदेखि लागु हुनेगरि यो सामूहिक राजीनामा पत्र पेस गरेका छौँ ।’
यसअघि अनुदान कटौतीबाट असंतुष्ठ प्रध्यानाध्यपाकहरुले सरस्वती मावि भण्टावारीका प्रअ शुभकरण यादवको अध्यक्षतामा गौशालामा मङ्गलबार बिहान बसेको बैठकले सामूहिक राजीनामा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
निर्णय लगत्यै नगरपलिको कार्यालय पुगेका प्रअहरुले प्रमुख कार्यकारी अधिकृत अस्मिता शर्मा र शिक्षा शाखा प्रमुख संजय सिंह आफनो कार्यकक्षमा नभेटिएपछि प्रशासन शाखा प्रमुख मिश्रीलाल यादवको टेवलमा सामूहिक राजीनामा पत्र बुझाउनुभएको थियो ।
प्रशासन प्रमुख यादवले प्रध्यानाध्यापकहरुले बुझाएको पत्र आफ्नो टेवलमा रहेको बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत शर्माले आफु खाना खान गएको समयमा प्रध्यानाध्यापकहरु आउनु भएकोले भेट हुन नसकेको स्वीकार्नुभयो ।
उहाँले भन्नुभयो, ‘खाना खाएर आएपछि प्रध्यानाध्यापकहरुसँग छलफलमा बस्ने फोनमा कुरा भएको छ । हामी उहाँहरुको प्रतिक्षामा छौँ ।’
शिक्षकहरुका अनुसार अनुदान निकासा नगर्दा तीन महिनादेखि उधारो रहेको दिवा खाजा खर्च, पाठ्यपुस्तक रकम, सशर्त अनुदान, शैक्षिक सामग्री, भवन निर्माणका रकम फ्रिज गराएकाले विधालय आर्थिक विचलनमा फसेको छ । यही कारण प्रध्यानाध्यापकहरु राजीनामा दिन बाध्य भएको शिक्षकहरुले जनाउनुभएको छ ।
प्रध्यानाध्यापकहरुले समस्या समाधानका लागि रोक्का गरिएका शीर्षकमा यथाशिघ्र निकाशाको माग समेत राख्नुभएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)