Logo बिहिवार, आश्विन १ गते २०८३
images

देवदहमा स्वास्थ्य शिविर १५ जनाको निःशुल्क इन्डोस्कोपी,सयाैँले लिए निशुल्क लाभ

देवदहमा स्वास्थ्य शिविर १५ जनाको निःशुल्क इन्डोस्कोपी,सयाैँले लिए निशुल्क लाभ

  • 1.6K
    SHARES

  • देवदहमा स्वास्थ्य शिविर १५ जनाको निःशुल्क इन्डोस्कोपी,सयाैँले लिए निशुल्क लाभ

    देवदह,असार ३१ ।

    रुपन्देहीको देवदहमा पेट रोग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवार देवदहको आयोजना तथा बुटवल हस्पिटललाईनमा रहेको ग्यास्ट्रो सेन्टर प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा पेट, आन्द्रा तथा कलेजो रोग सम्वन्धि निःशुल्क परीक्षण गरिएको हो । 

    शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा.मोहन भुसालको नेतृत्वमा १० जनाको स्वास्थ्यकर्मीको समुहले प्राविधिक सहयोगसँगै निःशुल्क औषधि वितरण गरेको थियो ।  शिविरमा डेढसयबढी बिरामीहरुको पेट सम्वन्धि विभिन्न रोगको परीक्षण गरिएको वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. भुसालले जानकारी दिनुभयो ।

    उहाँले शिविरमा १५ जनाको निःशुल्क इन्डोस्कोपी समेत गरिएको र केहीमा समस्या देखिएकाले थप उपचारकालागि ग्यास्ट्रो सेन्टरमा रिफर गरिएको बताउनुभयो ।

    पछिल्लो समयका खानपान र जीवनशैलीका कारण मानवस्वास्थ्यमा असर पर्दै गएको उल्लेख गर्दै डा. भुसालले पेटलाई स्वस्थ राख्नकालागि चिल्लोपिरो, जगंफुडभन्दापनि ताजा र फाईवरयुक्त खानेकुरालाई बढी जोड दिनु पर्ने बताउनुभयो ।

    स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारका अध्यक्ष विनोद कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा देवदहका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापा,  ग्याष्ट्रो सेन्टरका संचालक युवराज थापा, भूतपूर्व सैनिक कल्याणकारी परिवारका खड्ग बहादुर पुन, जयबहादुर पुलामी मगरलगायतले देवदहमा गरिएको निःशुल्क पेट रोग सम्वन्धि स्वास्थ्य शिविरले विभिन्न कारणले स्वास्थ्यको पहुँच नपुगेका विरामीहरुकालागि सहयोगी सावित भएको बताउनुभयो । सोही अवसरमा देवदहमा खुल्ला व्यायामशालाको उद्धाटनसमेत गरिएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology