बुटवल,असार ३० ।
बुटवल ३ रामापिथेकस पथमा २४ लाख ९२ हजार लागतमा तिलोत्तमा बहुउद्देश्यीय विकास परिषदको कबर्ड हल निर्माण गरिएको छ । स्थानीय सरकारबाट १३ लाख ८८ हजार र थप स्थानीयबाट उठाएर कर्भड हल बनाइएको हो ।
तिलोत्तमा बहुउद्देश्यीय विकास परिषदको कबर्ड हलको आज एक समारोहका बिचमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाठटन गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री कार्कीले सरकारले अब राजश्व बढाउने गरि योजना ल्याृनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार भन्दा प्रदेश सरकारले ल्याउने बजेट रकममा धेरै देखिएपनि बितरणका क्रममा १२ जिल्लामा पुग्दा पाउने पनि खुसी नहुने अवस्था रहेको बताउनुभयो ।
सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवि अर्यालले नगरको शक्ति र बजेटले वडामा चाहेको बिकास गर्नु सकिने भन्दै आफुहरुले गरेको प्रयासले धेरैपरिवर्तन गरेको बताउनुभयो ।
वडा न ३ का वडाध्यक्ष बिष्णु ढकालले तिनाउ तटबन्ध अहिलेको आवश्यकता रहेकोले प्रदेश र केन्द्र सरकारले यथेष्ट बजेट ल्याएर बुटवल बचाउनुपर्ने बताउनुभयो । परिषदका अध्यक्ष पुर्व प्रनानी नारायणबहादुर रायमाझीले आफुहरुले निकै मेहनत गरेर सो क्षेत्रमा जग्गा संरक्षण गरि कर्भड हल बनाएको बताउनुभयो । उपाध्यक्ष क्याप्टेन शिवप्रसाद शेरचनले इतिहासदेखि बर्तमानसम्म सबैको हातेमालोले बिकास निर्माण गर्न सकिएको बताउनुभयो ।
कार्यक्रममा संस्थापक कोषाध्यक्ष आनन्द भगत श्रेष्ठ,सहसचिब नारायणी नेपाल लगायतते बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)