Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रहरीको सुरक्षा घेरामा ग्रामिण विकास लघुवित्तको साधारणसभा,शेयर सदस्य र मिडियालाइ प्रवेश निषेध !

प्रहरीको सुरक्षा घेरामा ग्रामिण विकास लघुवित्तको साधारणसभा,शेयर सदस्य र मिडियालाइ प्रवेश निषेध !

  • 1.0K
    SHARES

  • प्रहरीको सुरक्षा घेरामा ग्रामिण विकास लघुवित्तको साधारणसभा,शेयर सदस्य र मिडियालाइ प्रवेश निषेध !

    बुटवल, असार २८ ।

    ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाले कर्मचारीको विरोधका बाबजुद शेयर सदस्यहरुलाई नै सहभागी नगराई शनिबार बुटवलमा साधारणसभा गरेको छ ।

    बुटवल सि्थत पाम इन्टरनेश्नल होटलको पाँचौ तलामा प्रहरी तैनाथ गरी निशि्चत शेयर सदस्य त्यो पनि नगन्य सहभागी गराएर साधरणसभा गरिएको हो ।

    साधारणसभामा करिव सय जनाका लागि कुर्ची राखिएको भएपनि सञ्चालक समिति सदस्यहरु र केही शेयर सदस्यहरुमात्रै सहभागी थिए । सञ्चालक समितिका अध्यक्ष भरतराज कोइराला र कम्पनी सचिव समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालको मिलेमतोमा औपचारिकताका लागि मात्रै साधरणसभा गरेको कर्मचारी संगठनको आरोप छ । 
    ग्रामिण विकास लघुवित्त विति्तय संस्थाले समाज लघुवित्त विति्तय संस्था लिमिटेडसँग मर्जर प्रस्ताव पारित गर्नका लागि शेयर सदस्यहरुलाई सहभागी नै नगराई अवैध रुपमा साधारणसभा गरेको नेपाल राषि्ट्रय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दीपेन्द्र लुईँटेलले बताए ।

    कर्मचारी संगठनले कार्यक्रम स्थलमा कालो कालो ब्यानर सहित विरोध प्रदर्शन गरेका थिए । कर्मचारीमध्येका शेयर सदस्यहरुलाई प्रवेशमा प्रहरीले पूर्ण रोक लगाएको थियो । सर्वसाधरणसतर्फका शेयर सदस्यहरुलाई सूचना समेत नगरी ढोका थुनेर आफू अनुकुलको निर्णय गर्न साधारसभा गरिएको शेयर सदस्य लिलामाया थापाले बताईन । उनले आफूहरुले गरेको लगानी फिर्ता गर्नुपर्ने माग राखिन् । 
    साधारणसभामा शेयर सदस्यहरुलाई नै सहभागी नगराएर के गर्न खोजेको भन्दै शेयर सदस्य सरस्वती न्यौपानेले सञ्चालकहरुसँग प्रश्न गरेकी छन् ।

    उनले आफूहरु शेयर सदस्य हुनुको नाताले दशौं साधारणसभामा पेश हुने प्रस्तावहरुमा छलफल गर्न पाइएला भन्दा शुरुमा प्रवेश नदिइएको र प्रवेश गर्नासाथ साधरणसभा सकाइएको बताईन । साधरणसभामा प्रहरी सुरक्षा घेरामा गरिएपनि शेयर सदस्य र कर्मचारीहरुले विरोध भने यथावत देखिएको छ । ग्रामिण विकास लघुवित्त विति्तय संस्था राषि्ट्रय कर्मचारी संगठनले समाज लघुवित्त विति्तय संस्थासँग अवैधानिक रुपमा स्वार्थका लागि मर्जरमा जान खाजेको भन्दै विरोध गर्दै आएको छ ।

    आर्थिक वर्ष २०८०।८१ को विति्तय सूचकांक ग्रामिण विकास लघुवित्त विति्तय संस्थाको तुलनामा समाज लघुवित्त विति्तय संस्था लिमिटेडको चुक्ता पुँजी २.३ प्रतिशत, निक्षप संकलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको उल्लेख गर्दै हरेक सूचकहरु ५ प्रतिशत भन्दा कम भएको संस्था छानेर नाम मात्रको संस्थासँग मर्जर गर्न खोजेको संगठनले विरोध ब्यानरमा लेखेको छ । 
    मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसंग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरि विरोधका बाबजुद पनि साधरणसभा गर्नुले बदबासी भएको पुषि्ट गर्ने अध्यक्ष लुईँटेलको तर्क छ । 
    दशौं साधारणसभाको बिशेष प्रस्तावमा समाज लघुवित्त संस्था लिमिटेडसँग गाम्भे प्रस्ताव पारित गरेको छ । भर्चुअल सहभागी गराएर हतार हतारमा प्रस्तावहरु पारित गराइएको स्वयम सञ्चालकहरु बताउँछन् ।

    कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृत एउटै व्यकि्त हुन नमिल्ने प्रावधान रहेपनि श्याम कुमार कटुवालले दुवै जिम्मेवारी समालेका छन् । २०८१ साल फागुन १७ गते समाज लघुवित्त विति्तय संस्थागँग एकिकरण (मर्जर) गर्ने सम्झौता गरिएको थियो । तर, समझदारीबारे शेयर सदस्य र कर्मचारीहरुलाई भने साधारणसभा गर्ने मिति तय भएपछि मात्रै जानकारी गराइएको थियो । प्रमुख कार्यकारी अधिकृत कटुवालले आफ्नो कार्यकाल लम्ब्याउन र केहीलाई जागिर दिनका लागि  कमजोर विति्तय अवस्था रहेको संस्थासँग मर्जर गर्न लागेको उपाध्यक्ष केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले बताए ।IMG_2067.jpeg

    यता प्रमुख कार्यकारी अधिकृत कटुवालले भने कर्मचारीहरुको विरोधका कारण प्रहरीलाई सुरक्षाका लागि खबर गरेको बताए । उनले साधारणसभा विधि सम्मत भएको दावी गर्दै शेयर सदस्यहरुलाई नरोकेको बताए ।

    तर उनले त्यसो भनेपनि शेयर सदस्यहरु प्रवेश नपाएको भन्दै विरोध गरेका थिए । साधरणसभाको रिर्पोटिङ गर्न पुगेका सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको थियो ।att.M7_CZMG_pHj8zgOK0LgXE7FccMTY-AWVUhBA9-orLBI.jpeg

    ग्रामिण लघुवित्त बिति्तय संस्थामा सरकार सहित विभिन्न संघसंस्था ७० र सर्वसाधरणस ३० प्रशित शेयर रहेको छ । जसको ९८ लाख २५ हजार शेयर कित्ता रहेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ २८ २०८२०५:२५:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology