Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ग्रामिण विकास लघुवित्त वित्तिय संस्था मर्जरमा कर्मचारी संगठनको बिरोध

ग्रामिण विकास लघुवित्त वित्तिय संस्था मर्जरमा कर्मचारी संगठनको बिरोध

  • 1.6K
    SHARES

  • ग्रामिण विकास लघुवित्त वित्तिय संस्था मर्जरमा कर्मचारी संगठनको बिरोध

    बुटवल,असार २८ ।
    ग्रामिण विकास लघुवित्त वित्तिय संस्था र समाज लघुवित्त वित्तिय संस्था विच भएको मर्जर सहमतिमा ग्रामिण विकास लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्रिय कर्मचारी संगठनले विमती जनाएको छ । ग्रामिण विकास लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्रिय कर्मचारी संगठनले केहिदिन अघि ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्र बुझाएर अंगाडी बढाईएको मर्जर प्रकृया खारेज गर्न माग गरेको हो ।
    संस्थाका केही सञ्चालक समिति सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापन तहका उच्च पदस्थ कर्मचारीहरुको व्यक्तिगत स्वार्थ, लाभ तथा व्यक्तिगत पहुँच विस्तार र संस्थालाई दोहन गर्ने मनसायले मर्जर गर्न लागिएकोले बिरोध गरिएको ग्रामिण विकास लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु पंगेनीले बताउनु भयो ।
    यसरी मर्जर गरियो भने ग्रामिण विकास लघुवित्त वित्तिय संस्था र यसका शेयर सदस्यहरु माथी खेवलाड हुने तथा यस संस्थामा कार्यरत सयौं कर्मचारीको भविश्य, सेवा सुविधा, उपदान लगायतका बहुआयामिक असर पर्न गई कर्मचारीहरुको मनोवल घटाउने र असन्तोष बढाउने भएकाले संस्थाको अस्थित्व समेत खतरामा पर्ने उहाँले बताउनु भयो ।
    नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष दिपेन्द्र लुईटेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०८०।८१ को वित्तिय सूचकांक ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाको तुलनामा समाज लघुवित्त वित्तिय संस्था लिमिटेडको चुक्ता पुँजी २.३ प्रतिशत, निक्षप संकलन ४.५ प्रतिशत, ऋण लगानी ३.६ प्रतिशत, सदस्य ३.४ प्रतिशत र ऋणी ३.८ प्रतिशत रहेको उल्लेख गर्दै हरेक सूचकहरु ५ प्रतिशत भन्दा कम भएको संस्था छानेर नाम मात्रको मर्जर गर्नु भनेको व्यक्तिगत स्वार्थ बाहेक अरु केही हुनै सक्दैन भनिएको छ ।
    ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा हालै विभिन्न तहमा ५ सय बढी कर्मचारी नयाँ भर्ना गरेको थियो । नयाँ भर्ना गरिएका कर्मचारीहरुको लक्ष्य निर्धारणबाटै थप व्यवसाय बृद्धि गर्न सकिने भएकाले उनीहरुलाई व्यवसायिक बनाई अगाडी बढ्नु पर्नेमा तोक आदेशका भरमा समाज लघुवित्त वित्तिय संस्थाका कर्मचारीलाई नियुक्त गर्नु किमार्थ विधि सम्वत हुँदैन भनिएको छ ।
    मर्जरजस्तो कर्मचारी वर्गमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई नजरअन्दाज गरी आधिकारिक ट्रेड युनियनसंग कुनै प्रकारको औपचारिक छलफल, संवाद तथा परामर्श नगरिएको प्रति आपत्ति जनाउँदै ग्रामिण विकास लघुवित्त वित्तिय संस्था र समाज लघुवित्त वित्तिय संस्थाविच स्वतन्त्र अध्ययन विना अगाडी बढाईएको मर्जर प्रकृया तत्काल खारेज गर्न आग्रह गरिएको छ ।
    अन्यथा जवरजस्ती मर्जर प्रकृया अंगाडि बढाएमा संगठनले गम्भिर कदम चाल्न बाध्य हुने र त्यसबाट सिर्जित परिणामको जिम्मेवार स्वयम् संस्थापन पक्ष हुने चेतावनी दिईएको छ । संस्थाको आज बुटवलमा साधारणसभा राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ २८ २०८२०१:१७:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology