उहाँले वृक्षारोपणजस्ता कार्यले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने र यस्ता अभियानहरूलाई सबै संस्थाहरूले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
नयाँगाउँमा रहेको क्लव परिषरमा फलफूलका बिरुवाहरु रोपिएको क्लवका अध्यक्ष भूमिप्रसाद सापकोटाले बताउनुभयो। कार्यक्रममा एरिया चिफ शेषनारायण बस्याल, संस्थाका सल्लाहकार तुलसीराम भण्डारी तथा पूर्व अध्यक्षहरू टङ्क प्रसाद गैरे, गणेश भट्टराई, कृष्णप्रसाद भुसाल, ठाकुरप्रसाद आचार्य, ज्योति भण्डारी, झविन्द्र अधिकारी, नारायण तिवारी,सिताराम रसाईली, कार्यक्रम संयोजक नेत्रप्रसाद पाण्डे, तुलसीराम न्यौपाने लगायतले बेल्नुभएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)