बुटवल,असार २७।
बुटवल ११ देबीनगरमा रहेको जी २५ क्लवले बृक्षरोपण गरेको छ ।
बाणिज्य क्याम्पस गेट अगाडी क्याम्पस रोडमा अशोक,स्वामि लगायतका बिरुवाहरु रोपिएको हो । रोपिएका बिरुवाहरुको संरक्षणका लागि तालजालीसहितको बार समेत बनाएर राखिएको हो ।
क्लवका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल वडा न ११ का कार्यबाहक बार्ड अध्यक्ष नकुल शाहीले क्वले अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरु गर्दै आएको बताए ।
सो अवसरमा चौपारी टोल बिकास संस्थाका अध्यक्ष शिब बस्याल , दुर्गा मन्दिरका अध्यक्ष अर्जुन कुवर ,संयोजक तथा क्वलका मार्गदर्शक बिमलराज घिमीरे ,महासचिव किशोर पंगेनी,नविन औद्योगिक कदर बहादुर रिता माबिका प्राचार्य प्रेम बहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)