Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मोबाइल संघ रुपन्देहीको रक्तदानमा ५६ युनिट रगत संकलन

बुटवल मोबाइल संघ रुपन्देहीको रक्तदानमा ५६ युनिट रगत संकलन

  • 2.0K
    SHARES

  • बुटवल मोबाइल संघ रुपन्देहीको रक्तदानमा ५६ युनिट रगत संकलन

    बुटवल,असार २७।

    मोबाइल संघ रुपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मोबाइल ब्यावसायी महासंघको स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ ।

    संघका अध्यक्ष शिबदेब अर्यालको अध्यक्षता तथा नेपालमोबाइल महासंघ केन्द्रिय सदस्य बिष्णु ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।सो अवसरमा बोल्दै ज्ञवालीले संघले रुपन्देहीमागरिरहेको रचनात्मक कार्यक्रम सह्राना योग्य रहेको बताउनुभयो ।

    सो अवसरमा नेपाल मोबाइल बितरक संघ लुम्बिनीअध्यक्ष राजेन्द्र पाण्डे, महासचिव शालिकराम क्षेत्री,कोषाध्यक्ष भुवन पाण्डे,रक्तदान कार्यक्रमका  सम्योजक दिपेन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो। रक्तदान जीवनदान’ भन्ने मूल नारालाइ सबैले आत्मसाथ गरेर रक्तदान गर्ने बानीकोबिकास गर्नुपर्ने धारणा राखेका थिए ।IMG_2039.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology