बुटवल,भदौ २३-
रुपन्देहीमा आज १९ जना कोरोना संक्रमित थपिएका छन्।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जसमध्ये १५ जना पुरुष र ४ जना महिला हुन्।
रुपन्देहीमा संक्रमितको संख्या कुल १३४८ पुगेको छ। जसमध्ये ६७६ जना सक्रिय संक्रमित हुन्। ६५८ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।
मंगलबार थपिएकामध्ये बुटवल उपमहानगरपालिका र रोहिणी गाउँपालिकामा पांच पांच, सिद्धार्थनगरका ३, तिलोत्तमाका ४, सैनामैना र ओमसतियाका एक एक जना रहेका स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।
यता बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताको एनआइसीयूमा कार्यरत ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एनआइसीयू सेवा बन्द गरिएको छ।
अस्पतालले सूचना निकालेर एनआइसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको हो।
बुटवलकाे वडागत तथ्यांक हेराैँ -

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)