बुटवल,असार २४ ।
बुटवलका मिलन लाम्टाङेको उपचारमा आर्थिक समस्या भएपछि बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइभ क्लवले आर्थिक सहयोग गरेको छ । बुटवल ३ गोलपार्कमा रहेको उनको घरमै पुगेर मिलनका आमाबुवालाइ क्लवले चेक तथा नगद गरि ४८ हजार १ सय ६५ रुपैँया प्रदान गरेको हो ।
क्लवले बिरामी,दुखमा परेका तथा सहयोगको खाँचो रहेकाहरुको मर्का र समस्यामा मल्हम लगाउने हेतुले क्लवका साथीहरुसंग रकम उठाएर आर्थिक सहयोग प्रदान गरेको अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा बिगत ६ महिनादेखि उनको उपचार भैरहेको छ ।तर उनको उपचारमा आर्थिक कारणले समस्या भएपछि परिवारले सहयोगका लागि सर्बााजनिक अपिल समेत गरेको छ ।
३० वर्षीय मिलनको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको आमा कल्पना लाम्टाङेले बताउनुभयो ।

मिलनको उपचारका लागि आर्थिक सहयोग आवश्यक रहेकाले देश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको लागि अपिल गर्नुभयो । मिलनकी श्रीमती एक श्रीमती एक ३ बर्षका छोरा छन् ।उनको उपचारमा करिब ३० लाख रुपैया लाग्ने चिकित्सकले जनाएको बुबा केशर लाम्टाङेले बताउनुभयो ।
सहयोगका लागि सम्पर्क :
ACCOUNT HOLDER NAME : KALPANA LAMTANGE MAGAR
ACCOUNT NUMBER : 3120100207884010
RASTRIYA BANIGYA BANK BUTWAL

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)