Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाण्डौमा सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय संचालन

काठमाण्डौमा सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय संचालन

  • 1.0K
    SHARES

  • काठमाण्डौमा सिद्धार्थ केवलकारको केन्द्रीय कार्यालय संचालन

    काठमाडौँ,असार २३ ।

    बुटवलमा केवलकार सञ्चालन गरेको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालय काठमाण्डौंमा स्थापना गरिएको छ ।

    काठमाडौंको तीनकुनेमा स्थापना गरिएको सिद्धार्थ केवलकार लिमिटेडको केन्द्रीय कार्यालयको सोमबार प्रभु ग्रुपका अध्यक्ष भोजकुमार खड्का र सिद्धार्थ केबलकार लिमिटेडका सञ्चालक ई. रमेशकुमार सापकोटाले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

    प्राथमिक सेयर (आइपिओ) निष्कासनको सहजिकरण गर्न र कम्पनीको व्यापार प्रवद्र्धन एवं बजारीकरण गर्न केन्द्रीय कार्यालय सञ्चालनमा ल्याइएको केबलकारका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले बताउनु भयो । 

    उहाँले भन्नुभयो–‘बजारीकरण र व्यापार प्रवद्र्धनका लागि पनि काठमाडौँमा केन्द्रीय कार्यालय आवश्यक थियो, हामी आइपिओ ल्याउँदै छौँ, यसको सहजिकरणका लागि पनि केन्द्रीय कार्यालय काठमाडौँमा खोलिएको हो ।’

    प्रभु ग्रुपसको सहायक कम्पनीे प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा सञ्चालित सिद्धार्थ केबलकार रुपन्देहीको बुटवलमा रहेको छ । गत वर्ष भदौ १९ गतेदेखि सञ्चालनमा आएको केवलकारमा हालसम्म दश महिनाको अवधीमा २ लाख ७५ हजार जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले यात्रा गरिसकेको पनि कम्पनीले जनाएको छ ।

    कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्दै छ । कम्पनी अन्तर्गत नुवाकोट गढी पर्यटन कम्पनी, ऋषि कालदेवल पर्यटन कम्पनी र हिलसाइड भिलेज रिसोर्ट सहित थप तीनओटा कम्पनीहरू सञ्चालनमा आउने तयारीमा छन् ।

    विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरूले अत्यधिक यात्रा गर्ने लुम्बिनी क्षेत्रमा रहेको सिद्धार्थ केवलकारले नेपालको पहिलो बौद्ध धर्मावलम्बी लक्षित केवलकार परियोजना भएको कम्पनीले जनाएको छ ।
    सिद्धार्थ केवलकार भगवान गौतम बुद्धको कुलगरुको आश्रम र पाल्पा जिल्लाको नुवाकोटमा रहेको पुरानो भैरवकामना मन्दिरमा जाने गर्दछ ।

    यस केवलकारले प्रति घण्टा ७ सय जनालाई यात्रा गराउन सक्छ ।  जसमा ३५० करोडको ईच्छाकामना देवी केवलकार परियोजना र ५ सय करोडको बाजुरा जिल्लामा अवस्थित बढीमालिका केवलकार परियोजना छन् ।

    प्रभु केबलकारका अरु थप दुईवटा केवलकार परियोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology