बुटवल,असार २४ ।
रुपन्देहीको क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवारहरुको दौडधुप सुरु भएको छ ।रुपन्देहीको क्षेत्र नम्बर–३ मा सन्तोष गिरीले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । गिरीको जन्म रुपन्देहीको क्षेत्र नम्बर ३ मै भएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका खाद्य स्वच्छता एवम अन्तर्राष्ट्रिय सल्लाहकार समेत रहेका गिरीलेउम्मेदवारी दिने चर्चा सुरु भएको हो ।
विद्यार्थी जीवनमा अखिलको राजनीतिबाट उदाएका गिरीले राष्ट्रिय वादविवाद प्रतियोगितामा प्रथम स्थान हांसिलगरेपछि देशैभर चर्चित भएका थिए । त्यस पश्चात उनले ८ वर्षसम्म देशव्यापी युवा शसक्तिकरणको अभियान चलाए ।
संसद र सांसद कस्तो हुने भन्ने विषयमा राष्ट्रिय युवा संसदमा बोलेका उनले त्यसमार्फत पुनः चर्चा बटुले र उनी विभिन्नअन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताका रुपमा प्रस्तुत हुन थाले ।
अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका गिरी नेपालस्वीस च्याम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)