Logo मंगलवार, श्रावण १२ गते २०८३
images

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो

त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो

  • 921
    SHARES

  • त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम टुङ्गियो

    काठमाडौँ,असार २३ ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम टुङ्गो लगाएको हो । 

    आइतबार साँझ बसेको समिति बैठकले तीन जनाको नाम टुङ्गो लगाएको र सोमबार प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई बुझाउने समिति स्रोतले जानकारी दियो । 

    त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । ती मध्ये तीन जनाको नाम छनोट गरिएको हो । 

    कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ । 

    स्रोतका अनुसार निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको हो । उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । 

    ४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते  बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । 

    उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology