Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका दुई सहकारी मर्जर, शुभ स्वागतमको अध्यक्षमा कपिलदेव गौतम

बुटवलका दुई सहकारी मर्जर, शुभ स्वागतमको अध्यक्षमा कपिलदेव गौतम

  • 2.0K
    SHARES

  • बुटवलका दुई सहकारी मर्जर, शुभ स्वागतमको अध्यक्षमा कपिलदेव गौतम

    बुटवल,२१ असार ।

    बुटवल–११ कालिकानगरमा रहेका सुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्वागतम बचत तथा ऋण सहकारी संस्था लिमिटेड  बीच शनिबार एकीकरण भएको छ ।
    शुभागमन सहकारीका तर्फबाट  अध्यक्ष कुल प्रसाद बस्याल र स्वागतम सहकारीका तर्फबाट अध्यक्ष कुल प्रसाद बस्यालले संयुक्तरुपमा संस्था मर्जर प्रक्रियामा गएर एकीकरण भएको घोषणा गरेका हुन् ।
    दुई सहकारी एकीकरण भई बनेको नयाँ नाम शुभ स्वागतम बचत तथा ऋण सहकारी संस्था लिमिटेड गठन भई  कपिलदेव गौतमको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

    जसको उपाध्यक्षमा कुलप्रसाद बस्याल, सचिवमा विष्णु प्रसाद भण्डारी, कोषाध्यक्षमा छविलाल खत्री, सर्वसम्मतरुपमा चयन भएका छन् ।
    त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा सुवासचन्द्र ढकाल, उज्जवल केसी, प्रिया पाठक भण्डारी, धु्रव प्रसाद पाण्डे र गीता खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

    उक्त कार्यक्रममा निर्वाचन मण्डल  गुणाखर खनालले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरेका छन् ।  निर्वाचन मण्डलको सदस्यहरुमा शालिकराम पौडेल र कुल बहादुर कार्की रहेका थिए ।  
    दुई सहकारी संस्था एकीकरण भएपछि बनेको तदर्थ समितिले तीन महिनापछि नयाँ नेतृत्व चयन गर्नेछ । शुभ स्वागतम सहकारीमा हाल १ हजार ६ सय सदस्यहरु रहेका छन् भने २० करोडको ब्यालेन्स सिट रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology