Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही उपचुनाव : उम्मेदवार छनोटका लागि कार्यविधि बनाउँदै रास्वपा

रुपन्देही उपचुनाव : उम्मेदवार छनोटका लागि कार्यविधि बनाउँदै रास्वपा

  • 1.2K
    SHARES

  • रुपन्देही उपचुनाव : उम्मेदवार छनोटका लागि कार्यविधि बनाउँदै रास्वपा

    काठमाडौं,असार २१ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी कात्तिक २७ गते रुपन्देही ३ मा हुने उपनिर्वाचनमा उत्कृष्ट उम्मेदवार छनोटका लागि आन्तरिक कसरत सुरु गरेको छ । छनोट विधिमै परिमार्जन गरेर रास्वपाले उपनिर्वाचनमा उम्मेदवार चयन गर्न लागेको हो ।

    सचिवायले बैठकमा उम्मेदवार छनोटका लागि पेस भएको कार्यविधिमा व्यापक छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको छ । रास्वपाले रुपन्देही ३ का जनता र पार्टी शुभेच्छुकहरू समेतको चाहनाअनुसार छनोट विधि मार्फत योग्य, सक्षम उम्मेदवार प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पार्टीका सहमहामन्त्री तथा लुम्बिनी इन्चार्ज विपिन आचार्यले पार्टीले अंगिकार गर्दै आएको प्राइमरी इलेक्सनको व्यवस्थालाई अझै प्रभावकारी बनाउने गरी कार्यविधि आउने बताए ।  उनले अहिलेसम्म सम्भावित उम्मेदवारको विषयमा कुनै पनि गृहकार्य नभएको बताए । 

    आज बसेको बैठकले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने पार्टीको अडानलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । जसअनुसार संसदमा भइरहेको प्रतिरोध कायम राख्ने वैठकको निर्णय छ ।

    संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको सघीय निजामती विधेयक प्रतिनिधि सभाबाट पास भएर आउँदा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको बदमासीपूर्ण हेरफेरको पार्टीले विरोध जनाएको छ । यसबाट संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार भएको रास्वपाको निस्कर्ष छ ।

    ‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्छ । संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ महामन्त्री मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    हालसम्म ७० प्रतिशत वडा अधिवेशन सम्पन्न भएको पालिकामा मात्र पालिका अधिवेशन हुनसक्ने व्यवस्थालाई संशोधन गरी ५०५ र ३०५ वडा अधिवेशन भएको पालिकाहरूको समेत अधिवेशन गर्न सक्ने निर्णय रास्वपाले गरेको छ ।

    केन्द्रीय सङ्गठन विभागको सदस्यका लागि प्राप्त आवेदकहरूमध्ये छनौट कार्यदलबाट सिफारिस भएको प्रमीला भुसाल, सुशील अधिकारी र मानकुमार लामालाई संगठन विभाग सदस्यमा मनोनयन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology