बुटवल,असार २० ।
ब्रेष्ट क्यान्सरबाट पिडित गुल्मी रूरू क्षेत्रकी चेली देवी बगालेले पूर्नजीवन पाउनुभएको छ । उपचारका लागि आर्थिक अभाव भएपछि रुरु मिलन केन्द्र नेपालले अभियान चलाएर उहाँको उपचार गराउन सफल भएको हो ।
चितवनको भरतपूर क्यान्सर अस्पतालमा करिब छ महिनाको उपचारपछि देवी बगाले अहिले लगभग निको हुनुभएको हो । उहाँको स्वास्थ्य सुधारिएको हो । बगालेलाइ आज बुटवल दीपनगरमा एक कार्यक्रमका बिचमा ३ लाख १८ हजार रकम प्रदान गरिएको छ ।
बुटवल १३ बेलबासमा बस्दै आउनुभएकी बगालेलाइ उपचारमा सहयोग पुर्याउन विभिन्न क्षेत्रबाट दाताहरुले सहयोग गरेर आफूहरुले चलाएको अभियान सफल भएको र बगाले निको हुने अवस्थामा पुगेको रुरु मिलन केन्द्र नेपालकी अध्यक्ष राधा ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
बगालेलाइ सहयोगका लागि यसअघि पनि रुरु मिलन केन्द्र नेपाल घरमै पुगेर सहयोग गरेको थियो । अझैपनि उहाँलाइ कसैले सहयोग गर्न चाहेमा बैँकको खाता न 19805250003629 मा रकम जम्मा गरिदिन केन्द्रकी कोषाध्यक्ष कुशुम पाैडेलको आग्रह छ ।
चेक तथा नगद रकम बुझेपछि बगाले रुरु मिलन केन्द्र नेपाल र अन्य सबै मनकारी ब्याक्तिहरुका कारण आफूले नयाँ जीवन पाएको भन्दै सबैलाइ धन्यबाद समेत दिनुभयो ।
केन्द्रले सामाजिक भावका साथ विभिन्न समयमा रचनात्मक सामाजिक कामलाइ तीब्रता दिदै आएको सल्लाहकार कपिल ज्ञवालीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)