Logo बुधवार, श्रावण १३ गते २०८३
images

काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा सिद्धार्थ बालगृहमा खाना तथा सिलाई मेसिन हस्तान्तरण

काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा सिद्धार्थ बालगृहमा खाना तथा सिलाई मेसिन हस्तान्तरण

  • 879
    SHARES

  • काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीद्वारा सिद्धार्थ बालगृहमा खाना तथा सिलाई मेसिन हस्तान्तरण

    भैरहवा, असार १९ ।

    नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले  मायादेवी गाउँपालिका–८ स्थित सिद्धार्थ बालगृहमा खाना खुवाउने तथा सिलाई मेसिन हस्तान्तरण कार्यक्रम गरेको छ ।

    काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको अवसर पारेर कार्यक्रम गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले बताउनुभयो । उहाँले बालगृहमा रहेका बालबालिकालाई खाना खुवाउनुका साथै यहाँ आवश्यक रहेको सिलाई मेसिन प्रदान गरिएको जानकारी दिनुभयो ।

    साथै बालगृहलाई १५ हजार ५ सय ५५ रुपैयाँ पनि हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । सभापति गुरुङले नेपालको राजनीतिक इतिहासमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानबारे जति भने पनि कम हुने बताउनुभयो । राजनीतिसँगै सामाजिक कार्य पनि गर्नुपर्छ भनेर काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले बालगृहमा कार्यक्रम गरेको उहाँको भनाइ थियो ।

    कार्यक्रमका प्रमुख अतिथि काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले काँग्रेस क्षेत्र नम्बर ३ समितिले रचनात्मक कार्य गरेको बताउनुभयो । उहाँले यस्तो कार्य पार्टीका अन्य तहहरुका लागि पनि नवीनतम दृष्टिकोण बन्न सक्ने धारणा राख्नुभयो । सभापति खाणले मानवीय सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताउनुभयो । उहाँले गिरिजाप्रसाद कोइरालाको जति वर्णन गरे पनि कमै हुने बताउनुभयो । उहाँले बालगृहका लागि जग्गा व्यवस्थापन हुन सके सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले बालगृहको जग्गा व्यवस्थापनका लागि आफूले पहल गर्ने बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बालगृहलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।nc  (1).jpg

    संविधान सभा सदस्य जन्नतुन निसा, काँग्रेस रुपन्देहीका सह–सचिव विष्णु थापा, काँग्रेस क्षेत्र नम्बर ३ का उपसभापति सुरेन्द्रजंग थापा, सचिव एवं प्रवक्ता लेखनाथ भट्टराई, क्षेत्र नम्बर ३ (ख) का सभापति घनश्याम चालिसे, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का सभापति विजयनाथ धवल, बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलगायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology