Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी

  • 1.8K
    SHARES

  • नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा अधिकारी

    बुटवल,असार १८ ।

    नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीमा नयाँ कार्यसमिति चयन भएको छ ।

    अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आज आयोजित पूर्व खेलाडी एवं प्रशिक्षक सम्मान गरिएको छ। जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्व सम्मत चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

    सोहि कार्यक्रममा मञ्चले खेलकुद क्षेत्रमा योगदान क्रिकट प्रशिक्षक शक्ति गौचन र भलिबल प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरियो । उपचारार्थ खेल पत्रकार मनोरञ्जन शर्मालाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।

    त्यसअघि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो गोलकिपर मोतीकला गुरुङले उद्घाटन गरिन् । अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गरे । उनले विधागत रुपमा खेल पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डे, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, एन्फाका पूर्व उपाध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, प्रशिक्षक गौचनले खेलकुद पत्रकारिताको फस्ट्याउनका लागि खेल गतिविधिहरु नियमित हुनु पर्ने बताउँदै त्यसमा खेल पत्रकारले सकारात्मक भूमिका खेल्न आग्रह गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology