Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल रोजगार मेला : करिब ४ हजार ५ सय ११ जनाले गरे अवलोकन

बुटवल रोजगार मेला : करिब ४ हजार ५ सय ११ जनाले गरे अवलोकन

  • 1.5K
    SHARES

  • बुटवल रोजगार मेला : करिब ४ हजार ५ सय ११ जनाले गरे अवलोकन

    बुटवल,असार १८ ।
    बुटवलमा आयोजित रोजगार मेला २०८२ मार्फत १६९ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन भने ६५८ जना फलोअपका लागि छनोट भएका छन् ।

    बुटवल उपमहानगरपालिकाद्वारा बुधबार बुटवलमा आयोजित रोजगार मेलाको करिब ४ हजार ५ सय ११ जनाले अवलोकन गरेको र १६९ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले जानकारी दिइन् ।

    विभिन्न ब्यवसायीक प्रतिष्ठान तथा संघ संस्थाका ४० वटा स्टलमार्फत करिब ७०० जनाका लागि रोजगारीका अवसरहरू प्रस्तुत गरिएकोमा ती ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक १६९ जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गर्न सफल भएको उपप्रमुख अर्यालले बताइन् ।

    मेलामा रोजगारीका लागि १ हजार १५० जनाले आवेदन दिएका थिए । तीमध्ये ४५० जनाले अनलाइन प्रक्रिया मार्फत आवेदन दिएको बुटवल उपमहानगरपालिका अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए । त्यस्तै मेलामा ७५० जनाले विभिन्न सीपमूलक तालीमका लागि आवेदन दिएको पनि उनले बताए ।

    स्वरोजगारमा रुचि राख्ने करिब १५० जनाले आफ्ना प्रस्तावहरू प्रस्तुत गरेको र करियर गाइडेन्स तथा काउन्सिलिङ सेवा लिन २३० जनाले निवेदन दिएको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेयले बताए । साथै, १६५ जनाले युवा फेलोसिप कार्यक्रमका लागि आवेदन दिएको पाण्डेयले जानकारी दिए ।

    मेलामा सहभागी युवाहरूलाई मनोसामाजिक परामर्श, कार्यस्थल अधिकार, लैङ्गिक समानता, श्रम कानुनलगायत विषयमा जानकारी प्रदान गर्नुका साथै सुचना प्रविधि क्षेत्रमा दक्षता वृद्धि गर्न इच्छुक युवाहरूलाई तालिम र रोजगारीसम्बन्धी जानकारी समेत दिइएको रोजगार शाखा प्रमुख पाण्डेयले बताए ।

    मेलाको समापनमा आयोजकहरूले भविष्यमा अझ प्रभावकारी ढंगले मेला सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।स्थानीय तह र संघीय निकायको सहकार्यमा हुने यस्ता मेलाहरूले रोजगार प्रवर्द्धनमा ठूलो भूमिका खेल्ने आयोजकको भनाइ छ । मेलाको बुधबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । त्यस अवसरमा नगर प्रमुख पाण्डेयले बेरोजगारी समस्या कम गर्न तथा दक्ष कामदारको खोजिमा रहेका ब्यवसायीक प्रतिष्ठानहरूलाई आवश्यक कामदार पुर्ती गर्ने उदेश्यले रोजगार मेला आयोजना गरिएको बताएका थिए ।

    पछिल्लो समय युवाहरूमा बिदेश जाने लहर चलेको भन्दै उनले युवाहरूको विदेश पलायनलाई कम गर्नुका साथै स्वदेशमै पनि रोजगारीका अवसरहरू छन् है भन्ने सन्देश प्रवाह गर्न यस किसिमको मेला आयोजना गरिएको बताए ।

    मेला समापनका अवसरमा स्टल धनी सन्तोश पोखरेल र दिवश खनालले रोजगार मेला फलदायी भएको भन्दै आगामी बर्ष कम्तीमा २र३ दिनसम्म सञ्चालन गर्न सुझाव दिए ।

    गत बर्षको रोजगार मेला मार्फत जम्मा ३५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेकोमा यस बर्ष १६९ जनाले रोजगारी प्राप्त गर्नुले पनि मेला उपलब्धिमूलक भएको मानकको रूपमा लिन सकिने आयोजकको भनाइ छ ।

    बुटवल उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले यस्ता खाले मेलाले रोजगारीको खोजिमा रहेका युवाहरूलाई रोजगारीको अवसर मिल्ने र कामदारको आवश्यकता परेका ब्यवसायीक प्रतिष्ठान तथा संघ संस्थाहरूलाई आवश्यकता अनुसारको कामदार पाउन सहज हुने बिश्वास ब्यक्त गरे ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology