Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको एसईई नतिजा सुधार, ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

लुम्बिनी प्रदेशको एसईई नतिजा सुधार, ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • 831
    SHARES

  • लुम्बिनी प्रदेशको एसईई नतिजा सुधार, ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

    दाङ, असार १६ ।

    लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

    प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तीर्ण भएका छन् ।

    जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जीपीए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जीपीए, १० हजार ४२ जनाले २.४ देखि २.८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जीपीए र २ जनाले १.६ देखि २ जीपीएसम्म ग्रेड ल्याएका छन् । 

    २०८० को एसईई परीक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २ सय २४ विद्यार्थी अनुत्तीर्ण भएका थिए । 

    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेण्डामा राखिएको जानकारी दिनुभयो ।

    साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गर्नुभयो ।edu.jpg

    शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ । ‘विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउनेछ’ मन्त्री तिमिल्सिनाले भन्नभयो,‘हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology