Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल १९ का तिर्थ थारूको खेतमा रोपे मेयर-उपमेयरले धान,मनाए दिवस

बुटवल १९ का तिर्थ थारूको खेतमा रोपे मेयर-उपमेयरले धान,मनाए दिवस

  • 774
    SHARES

  • बुटवल १९ का तिर्थ थारूको खेतमा रोपे  मेयर-उपमेयरले धान,मनाए दिवस

    बुटवल,असार १६ ।

    २२ औं राष्ट्रिय धान दिवस बुटवल उपमहानगरपालिकाले उत्सवकै रूपमा मनाएको छ । बुटवल उपमहानगरपालिका वडा नं १९ मनोहरापुर स्थित तिर्थ थारूको ५ कट्ठामा खेतमा धान रोपेर धान दिवस मनाएको हो ।दिवसको आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।khel raj.jpg

    सो अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धान दिवसलाई उत्सवकै रूपमा मनाइएको बताए ।

    जबसम्म कृषि र उत्पादनलाई प्राथमिकतामा राख्दैनौ तबसम्म मुलुक समृद्ध बन्न नसक्ने भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले कृषि र पशुपालनलाई महत्वका साथ बजेट छुट्टयाइएको जानकारी गराए । उपमेयर सावित्रादेवी अर्यालले बुटवलले कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताइन् ।

    यस्तै असार १५ गतेसम्म बुटवलमा २२ प्रतिशत रोपाई  सकिएको  छ ।  २९ सय ६० हेक्टर क्षेत्रफल खेती हुने गरेको र अहिलेसम्म २२ प्रतिशत रोपाई सकिएको कृषि विकास शाखाका सन्तोष जिसीले जानकारी दिनु भयो ।  कार्यक्रममा पञ्चेबाजा, मयुर नाचलगायत विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिएको कार्यक्रम संयोजक लक्ष्मी थारूले जानकारी दिइन् ।

    khel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology