Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेशमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी प्रदेशमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

    बुटवल,असार १६ ।

    लुम्बिनी प्रदेशमा ७२ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।प्रदेशमा कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने भएपनि हालसम्म २३ं दशमलव ९४ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 

    प्रदेशमा कुल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ । जसमा धान खेती ३ लाख २ हजार ९ सय  ३९ हेक्टर हुने जनाएको छ ।

    लुम्बिनी प्रदेशका १२ जिल्लमा धान रोपाइ हुने गर्दछ । प्रदेशका जिल्लाहरूमा रोपाइँको स्थिति फरक–फरक देखिएको छ ।सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रमुख धान उत्पादक जिल्लाका रूपमा रहेको रुपन्देहीमा २१ दशमलव ०६ प्रतिशत धान रोपाई भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयको तथ्याङ्क छ ।

    कपिलवस्तुमा कुल ६५ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म ४ हजार ६ सय ११ हेक्टरमा रोपाइ भएको छ । यो प्रतिशतको हिसाबले कपिलवस्तु २१ दशमलव ८२ प्रतिशत रहेको छ । 

    सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने रुकुम पूर्वामा १.४६ प्रतिशत धान रोपाइँ भएको छ । दाङमा ३७ हजार २ सय २५ हेक्टरमध्ये ६ हजार ३ सय २८ हेक्टरमा धान रोपाइँ भएको छ । बर्दियामा ५० हजार १ सय ५० हेक्टर मध्ये १३ हजार ७ सय १४ हेक्टरमा धान रोपाइँ भएको छ ।

    बाँकेमा ३४ हजार ७ सय ११ हेक्टरमध्ये ३ हजार ८ सय १८ हेक्टरमा मात्रै धान रोपाइँ भएको भएको छ । नवलपरासीमा पनि १ हजार ७ सय  हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गुल्मीमा ५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । 

    रोल्पा,पाल्पा,अर्घाखाँची जस्ता पहाडी जिल्लाहरूमा पनि न्यून रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धेरै आकासे पानी पर्ने र साउन महिनाको अन्तिम सम्म रोप्न मिल्ने हुँदा यहाँ न्यून धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी धनश्याम चौधरीले बताए । 

    गत वर्ष लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो ।  धान उत्पादन वृद्धिको लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि,चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको बताइएको लुम्बिनी प्रदेश कृषि निर्देशनालय  निर्देशक राम प्रसाद पाण्डेयले बताए । 

    उनले प्रदेशमा हाल सावित्री, सामा मसुली, हर्दिनाथ ६, राधा ४, सुख्खा धान १ र २, गंगासागर १ र २, खुमल बासमती लगायतका जातहरूको रोपाइँ भइरहे पनि तिल्की, सिम्थारो, कालानमक, हंसराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातहरूको प्रयोग पनि बढ्दो छ ।

    रुपन्देहीको गौडहवाका रामप्रसाद यादव अहिले समयमै पानी परेको कारणले खुसी भएका छन् । आफ्नो ६ बिगा खेतमा धान लगाउन पाएका भएको उत्साहित भए पनि धानको लागि चाहिने मल  नपाउँदा भने चिन्तित रहेका छन् । 

    बुटवल उपमहानगरपालिका वडा नम्बर  १८ मोतिपरका किसान बाबुराम घिमेरेले खेत रोप्नको अझै सुरु गरेका छैनन् ।  सहकारीबाट धेरै नआएकोले  खेत रोप्न लागि अझै सुरु नगरेको बताए । उनले सहकारी भन्दा बजारमा मल महँगो पर्ने भएको केही दिन अझै सहकारीमा मल आएपछि रोप्ने योजना रहेको बताए ।

    अन्य ठाउँ किसानलाई पनि  मल सकस कै रहेको छ । अहिले युरिया र डिएपी मल राखेर धान रोप्ने पर्ने हुन्छ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ का किसान खुमा पोखरले मल अझै नपाएको खेत रोप्न सुरु नगरेको बताए । उनले अहिले सहकारीमा आएको मल अन्य किसानले लगेकोले अर्को पटक आउँदा बल्ल पाउने बताए।उनले सहकारी र अन्य बजार किन्दा झन्डै आधा रकम  फरक पर्ने भएकोले बजारमा खरिद नगरी सहकारीबाट लैजाने बताए । 

    उनले सरकारले समय सहकारी मल आवश्यकता अनुसार नदिँदा यस्तो समस्या पटक पटक हुने गरेको बताए । किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी क्षेत्रीले किसान आवाश्यक पर्ने मल २५ प्रतिशत पनि सहकारीमा नपुग्दा समस्या भएको बताइन् । 

    उनका अनुसार सरकारले समयमा मल उपलब्ध नगराउँदा किसानहरू बजारबाट महँगो मल खरिद गर्न बाध्य छन् । कृषि मन्त्री दिनेश पन्थीले मल समस्या समाधान गर्नको लागि समय यहाँको माग अनुसार रेकर्ड सम्बन्धित ठाउँमा पठाउने भएपनि मल भारत तथा अन्य देशबाट आउने भएकोले समस्या हुने बताए ।

    उनले लुम्बिनी प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने गरी सरकारले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको समेत बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology