बुटवल,असार १४ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा रुपन्देहीमा रहेका सामुदायिक बिद्यालयहरू अब्बल देखिएका छन् ।
तिलोत्तमामा रहेको सामुदायिक विद्यालय शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले माध्यमिक शिक्षापरीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी थिए ।
विद्यालयका सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खान, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगातपाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ ।
त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने१७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जनाविद्यार्थी रहेका छन्।
शान्ति नमूनाको यो नतिजा सम्भवत: नेपालकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापककूलप्रसाद लामिछानेले जानकारी दिनुभयो । ‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली रअभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’ प्रअ लामिछानेले भन्नुभयो ।
शान्ति नमूनामा ५ हजार विद्यार्थी अध्ययनरत छन् । शान्ति नमूनाले विगत वर्षमा पनि राम्रो नतिजा ल्याउँदै आएकोथियो ।
त्यस्तै बुटवलको कालिका मानवज्ञान माविबाट ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् ।
परीक्षामा ५९६ जना विद्यार्थी सहभागी भएकोमा ७ विद्यार्थीले चार जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिनुभयो ।कालिकामा सुदर्शन न्यौपाने, अस्मिना पराजुली, प्रशंसा पराजुली, आशिष केसी, प्रतिकपौडेल, स्वरूप न्यौपाने, सुजन बाह्रघरे र राम शर्माले चार जीपीए ल्याएका हुन् ।
त्यस्तै ३.६० देखि माथि २११, ३.२० देखि ३.६० सम्म २४५, २.८० देखि ३.२० सम्म १०३, २.४० देखि २.८० सम्म २६ जना र२.०० देखि २.४० सम्म २ जना ग्रेडेड भएको थापाको भनाइ छ ।
कालिका देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्नेसामुदायिक विद्यालय हो । कालिकामा अहिले सेक्टर वान र सेन्टर टुमा गरेर ८ हजार विद्यार्थी अध्ययनरत छन् ।
बुटवलको कान्ति माविका छात्र सिजल पन्थीले पनि चार जीपीए ल्याएका छन् । बुटवलकै नवीन औद्योगिककदरबहादुर रीता माविका छात्र आर्यन पौडेलले पनि फोर जीपीए ल्याएका छन् । त्यस्तैगरि नयागाउ माबि बुटवल १२ मा अध्ययनरत तिन जनाले चार जिपिए ल्याएको प्रधानाध्यापक पुरूषोतम भट्टराइले बताउनुभयो ।
त्यस्तै, रुपन्देहीकै सैनामैनामा नगरपालिकामा रहेको सैनामैना परोहा परमेश्वार मावि चार जना विद्यार्थीले चार जीपीएल्याएका छन् ।
त्यस्तै, यस क्षेत्रका संस्थागत विद्यालयतर्फ अब्बल मानिने न्यू होराइजन माविका ११ जना विद्यार्थीले चारजीपीए ल्याएका छन् । बुटवलकै अक्सफोर्ड माविका १० जना विद्यार्थीले पनि चार जीपीए हासिल गरेको विद्यालयकाप्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो। पछिल्लो नतिजा अनुसार रामापुर मावि, सैनामैना १ जना, नवरत्नमाध्यमिक विद्यालय ,बुटवल २ जना,कान्ति मावि,बुटवल १ जना,जनकल्याण मावि, सैनामैना १ जना , सुनगाभा पब्लिक मावि सैनामैना १ जना , सिद्धेश्वर लालकुमारी मावि,बुटवल १जना,नविन औद्योगिक कदरबहादुर रिता मावि बुटवल १ जना,त्यस्तैगरि ड्रिम भिजन स्कुल फर्साटिकर १ जना,दिपबोर्डिङ स्कुल बुटवल २ जना ,प्रभात इंग्लिस बोर्डिङ स्कुल, सैनामैना २ जना,सैनामैना मोमोरियल, सैनामैना १ जना,न्यु इन्भारमेन्ट तिलोत्तमा १ जना,तिनाउ इबो स्कुल बुटवल देविनगर २जना,गार्गी इ.बो.स्कुल बुटवल देविनगर २ जना ,होराईजन गौतमबुद्ध मावि, तिलोत्तमा ,१ जना,एभरेष्ट ई बो स्कुल बुटवल १ जना ले चार जीपीए ल्याएका छन् ।
शुक्रबार सांझ प्रकाशित नतिजामा नेपालभरबाट ३.६० देखि ४ जीपीएसम्म अंक ल्याउने विद्यार्थीको संख्या ४८ हजार१७७ रहेको छ ।जसमध्ये देशभरबाट चार जीपीए ल्याउने विद्यार्थी ५४० छन् । जसमध्ये रुपन्देहीका मात्रै ८७ जना छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)