Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

  • 1.5K
    SHARES

  • माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

    काठमाडौं,असार १३ ।

    माध्यमिक परीक्षा (एसइई)-२०८१ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो।

    नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जिपिए ल्याएका छन्। ३.२ देखि ३.६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ८१ हजार ३ सय ८५ जना रहेको परीक्षा बोर्डले जनाएको छ।

    यस्तै, ८९ हजार १ सय २४ जनाले २.८ देखि ३.२ जिपिए ल्याएका छन् भने २.४ देखि २.८ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४८ हजार ४ सय ७९ रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका हुन्।

    २ देखि २.४ जिपिए ४ हजार १ सय २६ जना परीक्षार्थीले ल्याएका छन्। त्यसैगरी ८ जनाले १.६ देखि २ जिपिए ल्याएका छन्। १ सय २६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। 

    एसइई नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका उनले बताए। यो पोहोरभन्दा झन्डै १४ प्रतिशत बढी हो। पोहोर ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।एसइई गत चैतमा भएको थियो।

    परीक्षार्थीले बोर्डको वेबसाइट https://neb.gov.np/बाट  एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

    एसईई नतिजा : रूपन्देहीका सामुदायिक विद्यालय अब्बल,शान्ति नमुनाका १८ विद्यार्थीको चार जीपीए

    एसईईमा कुन प्रदेशबाट कति विद्यार्थी पास,लुम्बिनीबाट ९७ हजार ६८७ जना उत्तीर्ण ( नतिजासहित)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology