Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्वास्थ्यमा जनताको पहुँच बढाउदै स्थानीय सरकार

स्वास्थ्यमा जनताको पहुँच बढाउदै स्थानीय सरकार

  • 2.9K
    SHARES

  • स्वास्थ्यमा जनताको पहुँच बढाउदै स्थानीय सरकार

    बुटवल,असार १२। 

    ‘बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । ’ २१ वैशाख, २०७९ मा सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि सार्वजनिक गरेको संकल्प पत्रको बुदा नम्बर दुइमा लेखिएको छ ।

    तत्कालीन अवस्थामा बुटवलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आबद्ध रहेको मोर्चा बनेको थियो ।

    बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेयलाई र उपप्रमुखममा चिनबहादुर गुरुङलाई उम्मेदवार बनाएको थियो । अहिले सोही गठबन्धनबाट प्रमुखमा नेपाली कांग्रेसका नगर सभापति समेत रहेका खेलराज पाण्डेय नै नगर प्रमुख छन् । बुटवललाई स्वास्थ्य क्षेत्रको हवका रुपमा बिकास गर्ने योजना निर्वाचन ताकै शुरु भएको थियो । सोही प्रतिबद्धता अनुसार अहिले बुटवल उपमहानगरपालिकाले  नगरका २ वटा वडामा नगर अस्पताल निर्माणको कामलाइ तिब्रता दिएको छ ।

    बुटवल उपमहानगरले बेलाबेलामा आउन सक्ने कोभिड १९ जस्तै अन्य महामारीका बेलामा पनि उपचार गर्ने गरी अक्सिजन सुविधासहितको दुई वटा आपतकालीन बहुउद्देश्यीय अस्पताल निर्माण गरिरहेको हो । बिस २०७९ साल माघ १४ र १६ गते यी दुई अस्पताल निर्माणको शिलान्यास नगर प्रमुख पाण्डेयबाट नै गरिएको थियो ।

    ‘कोभिडका बेला ठूला अस्पताल भए पनि घरनजिक अस्पताल नहुँदा धेरै नागरिकले ज्यान गुमाउनुप¥यो, त्यसैले बुटवलको तिनाउ पारिका बस्ती मोतीपुर र नयाँगाउँ बेल्बासलाई लक्षित गरी विपद् र महामारीमा पनि उपचार गर्ने गरी अस्पताल निर्माण सुरु गरेका हौँ,’ बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले भने ।

    कोभिडजस्ता महामारी र विपद्मा समेत नागरिकलाई बचाउने उद्देश्यले अस्पताल भवन निर्माण थालिएको उनी बताउछन् ।बुटवल उपमहानगरपालिका–१७ को मोतीपुर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका अस्पताल निर्माण सकिएको छ ।

    बुटवल १३ शान्ति चोकका सुरेश गौतमले नगरले बनाइरहेको सोह्र शैयाको अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माणले आफुहरुलाइ खुशी लागेको मात्रै नभइ स्थानीय स्तरमा स्वास्थ्यको पहुँच समेत पुग्ने बताए । ‘कसैलाइ केही भइहालेमा बुटवल बजारमा रहेका अस्पतल वा क्लिनीकमा नै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि यो फलदायी हुन्छ ।’ यसको लाभ सबैले पाउँछन् ।– गौतमले सुनाए ।

    ठेकेदारले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । ‘जापानको अनुदानमा नेपाल सरकारमार्फत अस्पताल भवनका लागि १ करोड ५७ लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ । ’– पाण्डेले भने । दुवै भवन निर्माणको ठेक्का प्यारामाउन्ट कन्ट्रक्सन प्रालिले लिएको हो ।तीन कठ्ठा जग्गामा बनेको स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले जानकारी दिए ।
    कोभिड महामारीमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा उपचार गर्न मिल्ने गरी भवनको डिजाइन गरिएको भवन निर्माणमा सहयोग गर्ने संस्थाका वरिष्ठ डिजाइन इन्जिनियर शंकर ढकालले बताए  ।

    स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुनेछ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्नेछ ।

    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय पालिकासँग अप्रत्यक्ष रूपमा ज्येष्ठ नागरिक र दीर्घरोगीका लागि उपचार सहयोग कार्यक्रमले जोडेको छ । पालिकाहरूको अस्पताल भौतिक पूर्वाधारमा संघीय सरकारले मात्रै सहयोग गरेको छ । लुम्बिनी प्रदेश सरकारले स्थानीय पालिकालाई उपकरण र समन्वयबाहेक सहयोग गरेको छैन ।

    बुटवलको तिनाउपारिका यी दुवै क्षेत्रमा ठूूला अस्पताल नभएकाले पनि अस्पतालले नागरिकलाई राहत दिने अपेक्षा गरिएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा स्वास्थ्य केन्द्र बनिसकेपछि सो क्षेत्रलाई दीर्घकालसम्म लाभ मिल्ने  बताउछन् ।

    उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतीपूर र आसपासको क्षेत्रले लाभ लिने बताइन् । ‘आगामी दिनमा अरु सुविधाहरु विस्तार गर्दै जाने योजना छ ,हमी योजना अनुरुप नै काम गरिरहेका छौँ ।’ उनले भनिन् ।

    स्वास्थ्य केन्द्र निर्माणले मोतीपूर र आसपासको क्षेत्रमा स्वास्थ्य सुविधा उपलब्ध हुने भएपछि सो क्षेत्रका स्थानीय खुशी भएका छन् । यी दुुई अस्पतालमा ५० हजार बढी नागरिकले स्वास्थ्य सेवा पाउने अनुमान गरिएको बुटवल वडा न १३ का वडाध्यक्ष नारायण पुनको भनाइ छ ।

    देवदह नगरपालिकामा १५ सैयाको नगर अस्पताल :

    यस्तै रुपन्देहीको देवदह नगरपालिकाले पनि १५ सैयाको नगर अस्पतालको भवन निर्माण कार्य धमाधम गरिरहेको छ । २०७९ साल असोज १० गते साविक देवदह स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि नगर अस्पताल बनाईएको हो ।

    नगर अस्पताल बनेपछि साना तिना घटनाका उपचार सो अस्पतालमा गराउन पाईने भो भन्दै स्थानीय खुशि भएका छन । संघिय सरकारको अवधारणा अनुसार एक स्थानिय तहमा एक नगर अस्पताल योजना अनुसार देवदहमा पनि नगर अस्पतालको शुरुवात गरिएको हो ।

    नगर अस्पताल निर्माणका निम्ति २०७६,७७ मा ओम सत्य साई, भीमज्योति, ओम ईन्फ्राटेक भरतपु चितवन कम्पनि संग ६ करोड ७५ लाखमा सम्झौता भएको थियो । उक्त भवन २०७७ कार्तिक महिनाबाट बनाउन शुरु भएको हो । अस्पतालको भौतिक संरचनाको हाल सम्म भौतिक प्रगति ६७ प्रतिशत र आर्थिक प्रगति ५७ प्रतिशत भएको नगरका सहायक प्राविधिक सुदिप खरेलले जानकारी दिए । १५ शैयाको बन्ने नगर अस्पताल भवनको तला ३ तल्ले बन्ने छ । अस्पतालको मुख्य भवनको भने करिव ८० प्रतिशत काम सम्पन्न भएको र अब फिनिसिङको काम वाकी रहेको  देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ वञ्जाडेले बताए ।

    नगर अस्पताल निर्माणका लागि चालु आर्थिक बर्षका लागि ९० लाख बजेट विनियोजन भएको थियो भने आगमी आर्थिक बर्ष २०८२,८३ का लागि १ करोड रुपैया विनियोजन भएको नगर अस्पतालका प्राविधिक प्रमुख तथा देवदह नगरपालिकाका ईञ्जिनियर राजकुमार यादवले बताए । अस्पताल निर्माणका लागि ६ करोड ७५ लाखमा सम्झौता भए मध्ये वाकी २ करोड ९६ लाख लागतको काम वाकी रहेको छ ।

    भवनको डिपिआर र संघिय सरकारको मोडल नमिलेका कारण संघिय सरकारबाट बजेट विनियोजन भएपनि हाल सम्म प्रयोग गर्न नसकिएको देवदह नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology