Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानमा पत्रकारिता पढ्ने विद्यार्थीलाई प्रदेश सरकारको छात्रबृत्ती

कालिका मानवज्ञानमा पत्रकारिता पढ्ने विद्यार्थीलाई प्रदेश सरकारको छात्रबृत्ती

  • 549
    SHARES

  • कालिका मानवज्ञानमा पत्रकारिता पढ्ने विद्यार्थीलाई प्रदेश सरकारको छात्रबृत्ती

    बुटवल,असार १२। 

    कालिका मानवज्ञान माबि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ।

    प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये २६ जनालाई जनही २५ हजार रुपियाको दरले छात्रवृति प्रदान गरिएको छ।

    मन्त्रालयले उपलब्ध गराएको छात्रवृति रकम विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ। छात्रवृति वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले राज्यको चौथो अंग संचार क्षेत्रलाई मानिने भएकोले यो क्षेत्रमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आमसंचार र पत्रकारिता विषय पढाईरहेको बताए।

    उनले पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनको लागि विद्यालयमै सुविधा सम्पन्न स्टुडियोको निर्माण गरिएको र विभिन्न संचार गृहहरुला लगेर व्यवहारिक तालिम दिने गरिएको बताए।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृतिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा प्रदेश सरकारले समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउदा विद्यार्थीहरुलाई निर्वाध किसिमले आफ्नो पढाई पुरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने बताए।

    आमसंचार तथा पत्रकारिताका विषय प्रमुख शेर बहादुर केसीले प्रदेश सरकारले आमसंचार पढ्ने विद्यार्थिलाई छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिदै यस्ता छात्रवृतिले विद्यार्थीहरुलाई अध्ययन पुरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवस्यक दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए। छात्रवृति वितरण कार्यक्रमको संचालन इन्चार्ज बिमल आत्रेयले गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology