Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँगाउँ खानेपानीको २२ औँ स्थापना दिवस : रक्तदान,मधुमेह जाँच तथा आखाँ शिविर सम्पन्न

नयाँगाउँ खानेपानीको २२ औँ स्थापना दिवस : रक्तदान,मधुमेह जाँच तथा आखाँ शिविर सम्पन्न

  • 2.1K
    SHARES

  • नयाँगाउँ खानेपानीको २२ औँ स्थापना दिवस : रक्तदान,मधुमेह जाँच तथा आखाँ शिविर सम्पन्न

    बुटवल,असार १० ।

    नयाँगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ ले २२ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा खानेपानीले रक्तदान ,स्वास्थ्य शिबिर,निशुल्क मधुमेह जाँच,आखाँ शिबिर सम्पन्न गरेको हो ।

    कार्यक्रममा बोल्दै बुटवल उपममहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले खानेपानीको संसारभर महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरवृद्धि जरुरी रहेको बताउनुभयो ।khane pani.jpg

    खानेपानीका अध्यक्ष मिना जिसिले नयाँगाउँ खानेपानीले सो क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी वितरण गरिरहेको बताउनुभयो ।यसलाइ अझै क्षमतावृद्धि गरी आम उपभोक्ताको हितका लागि काम गर्ने उनको प्रतिबद्धता रहेको थियो ।

    कार्यक्रममा रक्त संचार केन्द्र बुटवलका इन्चार्ज राधा शर्मा, खानेपानीका उपाध्यक्ष सिर्जना पौडेल, सचिव रामप्रसाद भुसाल लगायतले बोल्नुभएको थियो । सम्पन्न रक्तदानमा १०१ युनिट रगत संकलन भएको छ । जस्को संयोजकमा रामप्रसाद भुसाल रहनुभएको थियो ।

    त्यस्तै आखा शिबिरमा १०७ जनाले लाभ लिएको कार्यक्रम संयोजक नारायण पन्थीले बताउनुभयो । त्यस्तै मधुमेह परिक्षणमा १३० जनाले परिक्षण गरेको संयोजक घनश्याम पौडेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology