बुटवल,असार ८ ।
रुपन्देहीको सैनामैना मुर्गिया कर्वलाका समाजसेवी कूलबहादुर कार्कीले बुटवलको एक बृद्धाआश्रमा खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका छन् । उनले आफ्नै जन्मदिनको अवसर पारेर बुटवल २ मा रहेको सिद्धबाबा शिवकुमारी सैजू पाकापुस्ता बृद्धआश्रममा खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गरेको बताए ।
गुल्मी कालीगण्डकी ७ कराङ्तुङ्मा जन्म भइ हाल सैनामैनामा रहेका उनले आश्रममा रहेका बृद्ध बुबाआमालाइ लाई केहि राहत मिलोस भन्ने उद्धेश्यले करिब ७ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको नागरिक अनलाइनलाई बताए ।
बुटवलमा भएको कार्यक्रममा बोल्दै युवा समाजसेवी सिजन पौडेलले जन्मदिनको अवसरमा समाजसेवी कार्कीले आश्रममा सहयोग गरेकोमा धन्यबाद व्यक्त गरे ।
पौडेलका अनुसार कार्कीले चामल, दाल, तेल, चना, चाउचाउ लगायतका सामग्री सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनसमेत उनले आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)