Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधवकुमार नेपालको टिप्पणी : ‘ओलीले अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक केही जान्दैनन्’

माधवकुमार नेपालको टिप्पणी : ‘ओलीले अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक केही जान्दैनन्’

  • 2.4K
    SHARES

  • माधवकुमार नेपालको टिप्पणी :  ‘ओलीले अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक केही जान्दैनन्’

    बुटवल,माघ १५-

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई तपाई भनेर सम्बाेधन गर्न पनि मन लाग्न छाडेको बताएका छन् ।

    बुटवलमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै उनले भने,-‘हुन त केपी ओलीलाई के तपाईं भन्नुजस्तो लाग्छ, राम्रो काम गरे पो सम्मान गर्नु ? केपी ओली सम्मानका लागि योग्य छैनन् ।’

    अरुलाई अपमानित गर्ने,होच्याउने र व्यंग गर्ने बाहेक ओलीले केही नजानेको नेपालले टिप्पणी गरे । नेपालले आफूलाई पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेर केन्द्रीय कमिटीको दुई तिहाई बहुमतले अध्यक्ष बनाएकाले आफूनै आधिकारिक अध्यक्ष बताए ।

    उनले भने, ‘केपी ओलीले मसँग हारेको माधव नेपाललाई अध्यक्ष चाहियो भनेछन् । नवौं महाधिवेशनमा म १५-२० भोटले हारे पनि जालझेल गरेर ओलीले जितेका हुन् । nekapa butwal andolan.jpgखासमा उनले जितेकै होइनन्,जाली तरिका अपनाएका हुन्,तैपनि मैले मान्देको हो ।’

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology