Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीकी जनमत सांसद सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

लुम्बिनीकी जनमत सांसद सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

  • 1.2K
    SHARES

  • लुम्बिनीकी जनमत सांसद सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं, असार ८ ।

    जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दियो। 

    उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो। उनीविरूद्ध ३ लाख भन्दा बढी रकमको चेक बाउन्स भएको कसुरमा उनीविरूद्ध पुर्जी आएको पर्सा प्रहरी स्रोतले बतायो।

    उनलाई पक्राउ गर्न पर्सा प्रहरीले बर्दिया प्रहरीलाई पनि पत्राचार गरिसकेको छ। पक्राउ पुर्जी जारी भएपछि सांसद रायमाझी सम्पर्कविहीन छिन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology